जुनिचाँदेबासी अझै तुइनको भरमा
सरकारले तुइनमुक्त गर्ने भन्दै उदघोष गरेको लामै समय भयो । जाजरकोटको पश्चिम क्षेत्रमा भने अझै तुइनकै भरमा यात्रा गर्न बाध्य भएको अवस्था छ । जुनिचाँदे गाउँपालिका–४ र छेडागाड नगरपालिका–६ को बीचमा रहेको लोडनी नजिकै कालेखोलामा पुल निर्माण नहुँदा यहाँका स्थानीयबासी तुइनकै भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । छेडाचाँदे–जुम्ला सडक खण्डमा पक्की पुल निर्माण नभएपछि […]




