फोक्सुण्डो यात्राः दोभानदेखि मुहानसम्म
कति सुन्दर अनि अनुपम प्रकृतिको रचना ! खाना आयो, पेट अघाए तर आँखाहरु अँझै अघाईसकेका थिएनन् । त्यो पानी छुन लालायीत मनहरु तालको अङ्ग्रेजी ‘वाई’ आकार पहिल्याउँदै समीपिन थाल्यौँ अनि आ–आफ्ना क्यामरा र मनहरुमा अटुञ्जेल खाँदी–खाँदी ती दृश्यहरु कैद गर्न थाल्यौँ । सुस्तायौँ, रमायौँ, गम्यौँ ।




