एक वर्षमा ८ सय २१ घरमा खानेपानीको धारा

सल्यान जिल्लामा रहेको छत्रेश्वरी गाउँपालिकाले एक वर्षमा ८२१ खानेपानीको धारा निर्माण भएका छन् । पालिकाका सबै नागरिकसमक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि ‘एक घर, एक धारा’को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पु¥याएको हो । जसबाट पाँच हजार ३६० जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । खानेपानी सरसफाइ […]

सात वर्षदेखि थन्कियो एक्सरे मेसिन

सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत सात वर्ष देखि एक्सरे मेसिन थन्किएको छ । दक्ष जनशक्तिको अभावका कारण जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो । नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन २०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालय अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको थियो । युनिसेफले सहयोग गरेको […]

छत्रेश्वरी ५ मा धूम्रपान र मद्यपान नगर्ने र भताको रकम स्वास्थ्य हितमा प्रयोग गर्ने प्रतिबद्धता

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा आफ्नै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राहिले धूम्रपान र मद्यपान सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । ५ नम्बर वडा कार्यालयले वडामा सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझ्न आएकाहरुलाइ धूम्रपान र मद्यपानबाट स्वास्थ्यमा आउने समस्याको बिषयमा परामर्श कक्षा चलाएको थियो । सो अवसरमा लाभग्राहीले भत्ताको रकम स्वास्थ्यलाई लाभ हुने […]

खेलको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार गर्छ:अध्यक्ष बुढाथोकी

बुधवार गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले छत्रेश्वरी–५ स्थित गरिपारेमा तेश्रो वडा अध्यक्ष कपको उद्घाटन गरे ।

‘पर्वका सकारात्मक संस्कार र प्रवृत्तिको संरक्षण गर्नुपर्छ’

चाडपर्वमा रहेका विद्यमान रुढीबादी, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले चाडपर्वका मूल्य, मान्यता संस्कारलाइ थप बलियो बनाउदै आपसी सद्भाव, भाइचारा र मित्रवत सम्बन्ध विकास गर्ने अवसरको रुपमा दशैं, तिहार र छठ पर्व मनाउन आग्रह गरेका छन् ।