चिसोबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको […]