चितुवाको त्रासमा सिमलघारीवासी
चितुवाले घरमा आएर मानवीय क्षति पु¥याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् । गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताए […]




