गर्भवती र कुरुवालाई निःशुल्क खाना
रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताए । उनी मुसिकोट–११ का वडाध्यक्षसमेत हुन् । “गर्भवतीलाई […]




