कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ: डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज धनगढीमा आयोजना गरेको ‘आपूर्ति व्यवस्थापन र उपभोक्ता अधिकार’ सम्बन्धी अन्तरक्रियामा उनले कृषि उत्पादन बढाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताए । नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेपनि […]

कर्णाली कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा

कर्णाली प्रदेश सरकारले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ । कृषि उत्पादनको लागत समेत नउठ्ने स्थिति हटाउन कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले न्यूनतम समर्थन मूल्य तोक्ने भएको हो । पहिलो चरणमा सल्यान र सुर्खेतमा पाइलट सर्वेका रुपमा न्यूनतम समर्थन मूल्य तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । न्यूनतम मूल्यभन्दा कम […]

किसानको मर्का कसले बुझ्ने ?

किसानका मर्का प्रदेश र स्थानीय तहले बुझ्ने नसके, कर्णाली कृषि उपजमा आत्म निर्भर बन्दै जान्छ भन्ने देखिदैन । यस्तो अवस्थामा किसानहरु नै व्यवसायबाट पलायन हुने अवस्थाको सिर्जना हुन सक्छ ।

रारा आउने पर्यटकको भिडले चन्दननाथ अर्गानिक मार्केटमा व्यवसाय बढ्यो

ग्रामीण क्षेत्रबाट संकलित अर्गानिक वस्तु बेच्न भ्याइनभ्याइ छ । स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको थियो । यहाँको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले मिनी मार्केट खोलेर यहाँ उत्पादित वस्तुको बजारीकरण गर्न थालेको छ ।