सार्वजनिक सुनुवाई कसका लागि र किन ?

लोकतन्त्रमा विधिको शासन, कानूनि राज्य, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो, भरपर्दो, गुणस्तरिय र प्रभावकारी हुनुपर्दछ ।