रामेछापमा सुन्तलाले बजार पाएन

यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए । आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा […]

सल्यानबाट २९ करोडको सुन्तला निकासी

सल्यानबाट यस वर्ष २९ करोड बढीको सुन्तला निकासी भएको छ । जलवायु परिवर्तन,सुन्तलामा रोग किराको प्रकोप जस्ता कारण गत वर्ष भन्दा यस वर्ष उत्पादनमा भने कमी आएको छ । सल्यानमा यस वर्ष  ३८ हजार ६ सय  ५३ क्विन्टल सुन्तला निकासीबाट २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ […]

चार करोडभन्दा बढीको सुन्तला बिक्री

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन् । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाका दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ रुपैयामा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उनले बताए । ‘बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो […]

सुन्तला बेच्न, लजाउँछन पुरुष !

भक्तबहादुर शाही। यतिबेला जिल्ला सदरमुकामको डेकेन्द्रचोक, देवकोटाचोक, एनएमवी चोक र गणेश चोकमा डोकोमा विक्री लागि सुन्तला राखिएका छन् । सुन्तला विक्री गर्नका लागि अधिकाँश महिला नै छन् । एक दुई जना अपवाद बाहेक पुरुष भेटिदैनन् । डोकोमा सुन्तला विक्री गर्न पुरुष लजाउँछन् । हामीले कैयौं पटक विक्री गर्न जानुहोस भन्दा नाई म घरकै काम गरुला, […]

पकेट क्षेत्रमै सुन्तला उत्पादनमा ४० प्रतिशतभन्दा बढी गिरावट

बाग्चौर नगरपालिका–९ कोटमौलाका ५० वर्षिय केशुराम डाँगीको ३० रोपनी जग्गामा सात सयभन्दा बढी सुन्तलाका रूख छन् । सुन्तला बिक्री गरेर उनले गत वर्ष १८ लाख रुपैयाँ आम्दानी गरे । केही वर्षयता उनको बगैंचामा भएका सात सय बोटमै सुन्तला फलिरहेका थिए । यसपालि भने रोगका कारण तीन सय बोटमा मात्र दाना लागेका छन् । स्थानीय ४५ […]

सुन्तला जात फलफूलमा रोग संक्रमण बढ्दै

बागचौर र शारदा नगरपालिका बढी प्रभावित भएका स्थानीय तह हुन् । २०७९/०८० मा सल्यानले चार हजार नौं सय ९३ मेट्रिकटन सुन्तला निर्यात गर्दा बागचौर नगरपालिकाले मात्र दुई हजार नौं सय १८ मेट्रिकटन निर्यात गरेको कृषि विकास कार्यालय, सल्यानको तथ्यांक छ ।