बिहिवार देशभर सार्वजनिक बिदा

बिहिवार अर्थात असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले घटस्थापनाको अवसरमा बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।

बाँके सहित चार जिल्लामा चार गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा सोमवार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।