सम्पादकीय :पञ्चा सिंहलाई पक्राउ गर
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहमाथि १५ वर्ष अघिको व्यक्ति हत्याको अभियोग पुनः चर्चामा आएको छ । जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाको नाममा दोस्रोपटक पक्राउ पुर्जी जारी गरेपछि यो प्रकरण चर्चामा आएको हो । विद्यार्थी नेतृ सिंहमाथि कालीकोट पाखाका १७ वर्षीय विद्यार्थी राजबहादुर मल्लको हत्या गरेको आरोप छ […]




