दुनै–लासिक्याप खण्ड सडक निर्माणमा ढिलाइ

दुनै–लासिक्याप खण्डमा ठेक्काको म्याद सकिन लाग्दा १५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरमा निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको हो । दुनै–लासिक्याप खण्डमा काम नहुँदा सोभन्दा माथिको सडक निर्माणमा बाधा पुग्ने आयोजना प्रमुख सुनील रञ्जितकारले बताए । पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जाजरकोटको तल्लुबगरबाट डोल्पाको […]