कर्णालीको लगातार चौथो हार

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चौथो हार बेहोरेको छ । सोमवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भयो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले […]

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट: सुदूरपश्चिम र बाग्मती विजयी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आइतवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनको फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ […]