भेरी नगरपालिकाको सडक ठेक्कामा अनियमितता — तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

जाजरकोट ,२७ असोज ।
भेरी नगरपालिकाको सडक निर्माणमा अनियमितता गरी गैरकानूनी लाभ लिएको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित सात जनामाथि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार कारागार रानागाउँ–नेट्टेबजार सडक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा कानुन विपरीत कार्य गर्दै आर्थिक लाभ उठाइएको प्रमाण भेटिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

भेरी नगरपालिकाले उक्त सडक निर्माणका लागि करीब रु. २ करोड ८० लाख रुपैयाँ बराबरको लागत स्वीकृत गरेको थियो। तर ठेक्का प्रक्रिया र कामको कार्यान्वयनमा गम्भीर अनियमितता भएको पाइएको आयोगले जनाएको छ।

आयोगले अनुसन्धानका क्रममा प्राविधिक मूल्याङ्कन, ठेक्का स्वीकृति र भुक्तानी प्रक्रियामा देखिएका त्रुटिहरूको आधारमा संलग्न कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर गरेको हो।

भ्रष्टाचारका मुद्दामा संलग्न प्रमाणित भएमा उनीहरूलाई विशेष अदालतबाट कानुनी सजाय र आर्थिक दण्ड हुने आयोगको भनाइ छ।
यस घटनाले स्थानीय तहका ठेक्का प्रक्रिया र प्रशासनिक पारदर्शिताप्रति फेरि प्रश्न उठाएको छ।

 

भेरी नगरपालिकाको सडक ठेक्कामा अनियमितता — तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

‘प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता’ विजेता टिमलाई

भेरी नगरपालिकाको सडक ठेक्कामा अनियमितता — तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

सम्पादकीय : राउटेको सुरक्षामा ध्यान देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds