घुयँत्राे:”ओलिको सरकार: ठेगाना नै हरायो, पुलिस नै गुमाए!”

साँच्चै विना ठेगानमा हिडेकाे देश अब कहाँगएर विश्राम लिने हाेला ? कतै केही ठेगानै देख्खियन त हँ ! ओलिकाे सत्ता गिरेपछिकाे अबस्थालाई हेर्दा आगजनि ताेडफाेड र विध्वंसै भए पनि जेनजी आन्दोलनकारीले जे मागेकाछन र त्यसकै धरातलमा जुन सरकार बनेकाेछ यसले अपेक्षाकृत अपराधीहरुलाई कठघरामा उभ्याउँदै भष्टाचारीकाे नालै काटेर देशमा शान्ति स्थापना गर्न सकेन ।परिवर्तन सितै देशलाई समृद्धितिर लैजाने कुराँ याे सरकारसित धेरै आशावादि थिए । तर जब प्रधानमन्त्री र गृहमन्त्री नै अनेकथरिसित सल्लाह बटुल्दै अपराधिलाई र भष्टाचारीलाई पक्राउ गरमकि नगरम भनेर हिँडन थालिन तब देखिनै याे अन्तरिम सरकारलेनि केही गर्न सक्दैन भन्ने निष्कर्षमा अब जनता पुगी सकेकाछन । हिजाेसम्म त्यै ओलि सरकारकाे काट्टाे खाएर बसेकाे सुरक्षा निकायका प्रमुखहरु यति छिटै परिवर्तन हुने र सरकारलाई साथ दिने कुराँ खम्बा भएर उभ्भिन्छन भन्ने विश्वाश यद्यपि जनतालाई थिएन । अब त झन सत्ताट वर्खास्त भएका ओलि याे सरकार र यसले बनाएकाे आयाेगलाई मान्दिन भन्दै कार्यकर्तालाई भिडन्तमा जान उक्साई रहेकाछन । विहिबारमात्रै प्रहरी प्रमुखले तत्कालीन प्रधानमन्त्री ओलि र गृहमन्त्री लेखकलाई पक्राउ गर्न नसकिने कुराकाे जवाफ प्रधानमन्त्रीकाे सरकारी टेबुलमा दिँदै थिए भने भक्तपुरकाे गुण्डुमा याे सरकार नमान्ने भनेर झाेलेहरुका झाेलामा सरकार नमान्ने २६ बुँदे फेहरिस्त हाल्दै थिए । एकातिरबाट पुलिसकाे प्मुख बाेल्दै गर्ने अनि अर्कोतिरबाट उसलाई नियुक्त गर्ने प्रधानमन्त्री याैटै भाषा बाेलेछि निज पुलिस प्रमुख रहँदासम्म कुनैपनि क्षेत्रका दाेषि मानिसहरु पक्राउ पर्ने र अन्तरिम सरकारले काम गर्ने सम्भावनै देखिन्न । उता आन्दोलनकारी समूहभने दाेषिहरुलाई तत्काल पक्राउका लागि दवाब हालि रहेकाेछ । तर सुरक्षा निकाय अनेकथरि बहाना बनाएर अपराधीहरुलाई पक्राउ गर्न नसकिने तर्क गर्दै हिँडि रहेका छन । वास्तवमा सरकारले आँफुबहालि हुने बित्तिकै पहिलाे काम भष्टाचारी, ताेडफाेड र आगजनिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरेर अघि बढेकाे भए, बढेकाे बढ्यै हुन सक्थ्याे । तर अब त तिनवटै दलका ठूला नेताहरु हिजाेका दिनमा आआफ्नाे पकडमा रहेका सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो दवाफमा राखेर कसैलाई पनि पक्राउ नगर्न चेतापनि दिन थालेपछि सुरक्षा निकायपनि दुवैतिर मुख मिलाउन थाली सकेकाेछ । खासगरि याे सरकारमा समावेश भएका गृहमन्त्री आँफैमा भित्रिरुपमा एमाले समर्थक भएका र काम गर्न सक्ने खुबिनै नभएकाले पनि पुलिस र गृहमन्त्रीको मुख मिलिरहेकाे देखिन्छ । तर, आन्दोलनकारीहरु अब अगाडिका दिनमा चुप लागेर बस्ने संकेत कतै देखिँदैन । उनिहरु जसरि भएनि अबकाे आन्दोलनले सम्पूर्ण भष्टाचारीहरु र भष्टाचारकाे सफाया चाहन्छन भने , दलभित्र युवाकाे नेतृत्व चाहन्छन ।तर देशका ठूला ३
दलका बयाेबृध्द नेताहरु पाटिमा नेतृत्व छाेडन तयार छैनन । विशेष गरि ओलिकै कारण पनि आन्दोलनकाे पुनरावृतिष हुने देखिन्छ । आन्दोलन पुन दाेहाेरियाे भने देशले अथाह क्षति ब्यहाेर्नु पर्नेछ भने देशमा गृहयुद्ध नै हुने सम्भावना पनिछ । यस्ताे अबस्थामा याे सरकारले आँफुलाई बडा सम्यम्तापूर्वक अघि बढाउनु पर्ने देखिन्छ ।यसका लागि सुरक्षा निकायकाे सहयाेग अपरिहार्य चाहिन्छ तर सुरक्षा निकाय प्रमुखहरु वायस भएर चलेकाे अबस्थाले सबै कुरालाई ट्रयाकमा ल्याएर चलाउन गाह्रो छ । तर प्रधानमन्त्रीले सुझबुझ र आँटका साथ सबैलाई साथमा लिएर गएमा देशकाे समस्या समाधान हाेला अन्यथा यसै भन्न सक्ने स्थिति रहेन । दशकाैँदेखि माैलाउँदै गरेकाे भष्टाचार र भष्टाचारीहरुलाई २ दिने आन्दोलनले जरैबाट उखेल्छ भन्ने पनि छैन । बिना रक्तपात अपराधिहरुलाई ठेगान लाउन सकेत हाे अन्यथा याे सरकारकाे पनि आयु त्यति लामाे हाेला जस्ताे छैन ।सुरक्षा निकायनै जब आफ्नो सुरक्षा गर्न सक्षम छैन भने त्यसले सरकारकाे र जनताकाे सुरक्षा कसरी गर्नसक्छ ।

घुयँत्राे:”ओलिको सरकार: ठेगाना नै हरायो, पुलिस नै गुमाए!”

जुम्लामा हवाई टिकटको मनपरी : निगम र

Leave a comment

Your email address will not be published. Required fields are marked *