सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ का लागि रु. १ करोड ५० लाख सहयोग

काठमाण्डौं,२३ असोज ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ ।
यहि मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा राजधानी लगायत देशै भरीका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको सर्वविदितै छ । सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ मा योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन कम्पनीबाट ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा आर्थिक सहयोग प्रदान गर्ने निर्णय भए बमोजिम रु.१,५०,००,०००/– (एक करोड पचास लाख मात्र) को चेक कम्पनीका संचालक श्री चुडामणि देवकोटा तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश बिक्रम खत्रीले आजै माननिय अर्थमन्त्रीज्यू समक्ष हस्तान्तरण गर्नु भयो ।
कम्पनीले विगतमा समेत विशेष गरी शिक्षा र स्वास्थको क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको र हालको अवस्थामा समेत नेपाल सरकारले स्थापना गरेको उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कम्पनीबाट भएको सहयोगले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुका साथै विपदको घडिमा राष्ट्रले आब्हान गरेका यस प्रकारका अभियानमा सूर्यज्योति लाइफको निरन्तर साथ रहने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश बिक्रम खत्रीले ब्यक्त गर्नु भएको छ ।

सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ का लागि रु. १ करोड ५० लाख सहयोग

अस्पताल प्रशासन र जेन–जी समूहबीच पाँच बुँदे

सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’ का लागि रु. १ करोड ५० लाख सहयोग

घुयँत्राे:”ओलिको सरकार: ठेगाना नै हरायो, पुलिस नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds