चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

बर्दिया,२१ असोज ।

चार दिन अघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं ५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको छ । उनको शव बुढी खोलाको किनारमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । भोज खाएर उनी घर नफर्के पछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । बालिकाको खोजतलास गर्दै जाने क्रममा शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।

बालिकाको खोजतलास गर्ने क्रममा बुढीखोलाको किनारमा गाडेको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र मल्लले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराको कमाण्डमा टोलि खटिएको उहाँले बताउनु भयो । शव खोजविनका लागि प्रहरीले कुकुर परिचालन गरेको थियो ।स्थानीयबासीले बालिकाको मृत्यु शंकास्पद भएको बताउँदै आवश्यक अनुसन्धान गरि दोषी उपर कारवाही गर्नुपर्ने माग गरेका छन्

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

कर्णालीमा विपन्नलाई आवास

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds