घुयँत्राे:”जेनजीले ढाले सत्ता, अब कर्नालीले ढाल्नेछ ‘सुधारको सपना’!”

जेनजीकाे आन्दोलन पछि देशमा बनेकाे संघिय सरकारले केही नयाँ कुराकाे शुरूवात गरेछि संघमा रहेका केही मुख्यमन्त्रीले ओलिकै पिछलग्गुका रुपमाआँफुलाई प्रदर्शन गर्दै प्रधानमन्त्री कार्किकाे धुवाँधार विराेध गरेभने केही मुख्यमन्त्रीहरुले भने आँफुहरभाईपनि सच्चिएर जाने संकेत गरे । यता कर्नालिका मुख्य मन्त्रीले भने प्रशासन सुधारका लागि आँफुले आयाेगनै गठन गरि प्रशासन सुधारका लागि कर्मचारीकाे छटनि र अनावश्यक कार्यालय हटाउने निधाे गरेका थिए ।

तर त्यसबेला जेनजी आन्दोलन गर्भमै रहेकाले नेपाली काँग्रेसका सांसद भनाउँदाहरुले सभामा कर्मचारी हटाउने र समितिकाे प्रतिवेदन लागू गर्ने कुराँ ठूलै विराेध रह्याे कर्मचारी छटनि गर्ने बित्तिकै मानम काँग्रेसीहरुकाे अंशनै राेकिन्छ र देशमा प्रलयनै आउँछकि झैँ गरे प्रदेशसभाका काँग्रेसीहरूले। संयुक्त सरकारमा भएका नाताले मुख्यमन्त्रीलाई प्रतिवेदन लागू गर्न गाह्राे भयाे । तर अब देशमा सरकार परिवर्तन भएकाेछ । ऐलेकाे सरकारकाे लक्ष्यपनि कर्नालिका मुख्यमन्त्री यामलाल कँडेल कै जस्ताे रहेकाेले । अब सरकारले बिस्तारै प्रतिवेदन लागू गर्ने कुराँ पाईला चाल्नु पर्दछ ।जेनजी आन्दोलनबाट थला परेका काँग्रेसी सांसदहरुमा अब प्रशासन सुधारकाे विराेध गर्ने आँटनै छैन ।या यसाे भनम ऐले उनीहरु बिनामुटुका भएकाछन । कर्नालिका मुख्य मन्त्रीले केही गर्छन भन्ने भै रहेका बेला संघिय सरकारले प्रदेश सभाका सदस्यले स्वकिय सचिव राख्न नपाउने भनी गएकाे केन्द्रकाे पत्रलाई कार्यान्वयन नगर्नु भनेर प्रदेशसभाकाे सचिवलाई आदेश दिएकाे भन्ने सुन्दा यामलालजीकाे मानसिकतापनि काँग्रेसीहरकाे भन्दा विल्कुल भिन्न रैनछ जस्ताे लाग्याे ।

ओलिका कारणले ऐलेकाे सरकारकाे विरोध गर्नै पर्ने हाे भने मेराे भन्नू केही छैन हैन भने हिजाेका दिनमा आँफैले प्रदेश सरकारलाई चुस्त बनाएर लैजान याैटा समिति नै बनाएर त्यसले दिएकाे रिपोर्टलाई कार्यान्वयन गरेर लैजान लाग्दा तिनै काँग्रेस ीहरुले गर्दा राेकियकाे कुरा जनताले झल्झली देखि शनि रहेका छन तर ऐले केन्द्र सरकारले प्रदेश वा केन्द्रमा आबस्यक नभएका सम्पूर्ण कार्यालय हटाउने र कर्मचारी अत्यन्त नूयन गराएर जाने नीति लिई रहेका बेला मुख्य मन्त्री नै कर्मचारी छटनिकाे पक्षमा नदेखिनु सबैका लागि अनाैठाे बनेकाेछ । बरु केन्द्रले ल्याएकाे यै निर्देशनकाे आडमा आँफुले बनाउन लगाएकाे प्रतिवेदन अनुसार कर्मचारीकाे संख्या न्यून गराइ कार्यरत कर्मचारीलाई धेरै तलब सुबिधा दिने र भष्टाचार गरेमा तत्काल बर्खास्त गरि कानुनी कार्वाहि अघि बढाउने अभियान कर्नलिबाटै शुरु हुनु पर्नेमा मुख्यमन्त्री कँडेलजीनै कर्मचारी छटनि र पद खारेजीमा नभएकाे सुन्दा साह्रै दुख लाग्याे अनि यस्तो घृणित राजनीतिले जनतालाई कहाँ लग्ने हाे अँझै ठेगान भएन राम्रो कामकाे शुरुवात कर्नालिबाट पनि त हुन सक्छ । कर्नालि सँधै र सबैचिजमा पछि पर्नै पर्छ भन्ने मानसिकताबाट अरुलाई ब्युँझाउन पनि याे पटक कर्नालि सरकारले सत्तारुढ दलसित लडेर भएपनि राम्रो काम गरेर देखाउन सक्नु पर्थ्याे तर मुख्यमन्त्रीलेनै स्वकिय सचिव राख्ने पत्र कार्यान्वयन नगर्नु भन्ने आदेश गरेकाे देख्दा राजनीतिक ब्यक्तिहरु स्वाँठ भए भने राम्रो गर्न खाेज्नेहरुले पनि केही गर्न सक्दैनन भन्ने कुरा यसले पनि प्रमाणित गरेकाेछ । अरुले भन्दा राम्रो गर्छु र कर्नालिलाई सँधैभरि हेप्ने र पछि पार्ने मानसिकतामा बसेकाहरुले पनि आफ्नो साेचमा परिवर्तन ल्याउन सक्छन र आउँदा दिनमा कर्नालिलाई हेप्ने आँट गर्ने छैनन भन्ने भावनाबाट मुख्यमन्त्रीले काम गर्नु पर्ने ठाउँमा उल्टै आँफुनै बाधक बनेर जानू हामी कर्नालबासीका लागि बाधक हाे । त्यसैले सराेकारवाला र केन्द्र सरकारले कर्नालि सरकारलाई बेलैमा सच्चिन सचेत गराउन जरुरीछ ।

घुयँत्राे:”जेनजीले ढाले सत्ता, अब कर्नालीले ढाल्नेछ ‘सुधारको सपना’!”

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds