दशैं खर्च टार्न भारत पुगेकी सुनिताले उतै त्यागिन प्राण

सुर्खेत,६ भदौ
मजदुरीका लागि भारतको उत्तराखण्ड पुगेकी सुर्खेतकी एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ । बुधबार राति जिल्लाको बराहताल गाउँपालिका–८, भट्टेघारीकी सुनिता सुनारको मृत्यु भएको हो । उनी आफन्तसँग निर्माण मजुदरका रुपमा काम गर्न गत ७ साउनमा रोपाई सकेर उत्तराखण्डस्थित अलमुढा बजार पुगेकी थिइन ।
स्थानीय मदन भण्डारीका अनुसार गए राति एक्कासी पेट दुख्ने समस्या देखापरेपछि उनलाई अलमुढास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उनका अनुसार उपचारका क्रममै उनको मृत्य भएको हो । उनको शव नेपाल ल्याउने तयारी रहेको भण्डारीले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाडेकी सुनिता दशै खर्च जुटाउन छिमेकीसँग भारत गएकी थिइन ।
बुवाआमाको शारीरिक अस्वस्थताले घर खर्च चलाउन गारो परेपछि उनी भारत गएकी हुन् ।  खेत बारीको उत्पादनले ६ महिनापनि खान नपुग्ने उनको परिवारको मुख्य आय स्रोत नै दैनिक ज्याला मजदुरी हो । सुनिताको मृत्युले उनको परिवारमा सन्नटा छाएको छ । गाउँमै काम नपाएपछि मजदुरी गर्न घर छाडेकी एक मात्र छोरी सुनिताले भारतमै प्राण त्यागेपछि उनका ७१ वर्षीय बुवा कविराम सुनार र उनकी आमा पीडामा छन् ।
दशैं खर्च टार्न भारत पुगेकी सुनिताले उतै त्यागिन प्राण

जुम्लामा अटाे रिक्सामा आगलागी ; यात्रु भने

Leave a comment

Your email address will not be published. Required fields are marked *