डोली बोकेर पन्ध्रौं पटक बडिमालीका पुगेका पुजारी बिष्णुप्रसाद रेग्मी
गाेल्डेन बुढा
जुम्ला,३१ साउन।
जुम्लाको जुम्ला चन्दननाथ नगरपालिका-९ श्रीढुस्का गाउँका विष्णुप्रसाद उपाध्याय (रेग्मी) निरन्तर पन्धौं पटक डोली बोकेर बडिमालिका पुगे।६० वर्षका रेग्मी अहिलेसम्म नियमित बडिमालिका जाने एकमात्र पुजारी हुन् ।उनी बडिमालिका नजानुअघि हरेक वर्ष पुजारी आलाेपालाे गरि जान्थे।हरेक वर्षमा पुजारी खोज्नुपर्ने समस्या आइलाग्ने हुन्थ्यो। जब उनी पुजारी बनेर जुम्लाको सरकारी डोली बोकेर जान थालेपछि अर्को पुजारी खाेज्नु पर्ने समस्या दुर भयो। ‘बडिमालिका माइको डोली बोकेर जान पाउनु अहोभाग्य भएको पुजारी बिष्णुप्रसादले बताए।सबै जुम्लाबासीको मनोकामना चढाउन पाएकोमा खुसी छन्।बडिमालिका आउनजान बाटोमा निकै कष्ट व्यहोर्नुपर्ने बताउँछन्। कैयौं भक्तालुहरु बिरामी हुन्छन,सरकारी टोलीमाथि समस्या चुनाैतीहरु आइरहन्छन्।सबै दु:ख कष्ट सामाना गर्नुपर्छ,रेग्मीले भने।उनलाई प्रत्येक वर्ष बडिमालिका जानुभन्दा केही दिनअगाडि जुम्ला प्रशासन कार्यालयले पुजारीका रुपमा जान पत्र पठाउने गर्छ।पहिलोपटक विं स २०५१ सालमा ३० वर्षको उमेरमा उनी रहरले बडिमालिका पुगेका थिए।रेग्मीको सक्रियता देखेर जिल्ला प्रशासन कार्यालयले सरकारी टोलीको भात पकाउन सघाउने जिम्मेवारीमा पठाउन थाल्यो।सरकारी टोलीमा एक जना पुजारी, सरकारी प्रतिनिधि, भात पकाउने सहयोगी, दुई जना कार्यालय सहयोगी र प्रहरी हवलदारको नेतृत्वमा दुई जना सिपाही जान्छन्।२०६० सालमा विष्णुप्रसादको कामले सन्तोषजनक भएका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णसेन बुढाथोकीले पुजारी बनेर जान प्रस्ताव गरे।उनलाई सरकारी टोलीको पुजारी बनेर जान पाउने सुनाैलाे अवसर जुर्याे।उनका अनुसार तत्कालीन माओवादी र राज्य पक्षबीचको लडाइँ चरम अवस्थामा थियो। सरकारी टोली ग्रामीण बस्ती हुँदै बडिमालिका पुर्याउन सामान्य अवस्था थिएन।माओवादीहरु देवीदेउताको पूजापाठ गर्ने कार्यको चर्का विरोध गर्थें।त्यस्तो अवस्थामा राज्य पक्षले खटाएको पुजारीका रुपमा उनी बलिमालिका पुगेर फर्किए। पुनः २०६८ सालमा ८ वर्षपछि पुजारी बनेर दोस्रो पटक बडिमालिका पुगेकाे बताए। त्यहाँदेखि नै पुजारीका रुपमा हरेक वर्ष उनी नै जान्छन्। हरेक वर्ष यात्रामा बाटोका कारण यात्रीहरुले हैरानी खेप्छन् । ‘कहिले पहिरो, कहिले बाढीको जोखिम । कहिले मदिरा सेवन गरेकाहरुले बाटोमा दु:ख दिन्छन्’ उनी भन्छन्, ‘बाटोमा भोगिने सास्तीले अब सकिँदैन होला जस्तो लाग्छ तर श्रद्धालुको हौसला देख्दा निरन्तर गइहन प्रेरित हुन्छु ।’२०६९ साल चैत २४ गते जिल्ला प्रशासनको माताहतमा रहने गरेर सरकारी दरबन्दीमा छिरे । अहिले खेलकुद विकास समितिको पुजारी समेत हुन्। जुम्लादेखि बडिमालिका पुगेर फर्किन १८ दिन लाग्छ ।जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिका हुँदै चन्दननाथ मन्दिरबाट पूजाको डोली बुझिसकेपछि कसैलाई डोली दिन मिल्दैन् । उसो त दुई काँधमा राखेर बोक्न पनि पाइँदैन् । यति लामो यात्रामा पनि उनका काँधहरु थाक्दैनन् । ‘धेरै वर्ष पुगिसकेँ, अब आउँदैन भन्छु तर मनले मान्दैन,’ उनले भने,बडिमालिकामा जुम्ला र डोटीबाट आउने सरकारी टोलीको उच्च सम्मान हुन्छ । पहिले कुमाउदेखि पूर्व पाल्पा–देखि पश्चिम यो क्षेत्र डोटी राज्य थियो । डोटी राज्यले तिब्बतसँग दुई पटक हार बेहोर्यो । त्यसपछि डोटीको गोरखनाथ र जुम्ला चन्दननाथलाई भाकल गरियो। चन्दनाथ र गोरखनाथको भाकलपछि नेपाली सेनाको तोप १० मिटर अघि सरेर युद्धमा विजय प्राप्त भएको इतिहासमा उल्लेख छ ।अहिले पनि १ सय २१ सेना र ७ वटा सलामी दिएर सरकारी टोली बडिमालिका जान गरेको छ । डोटी जेठो र जुम्ला कान्छो राज्यका रुपमा परिचित छन् । पुजारी उपाध्यायका अनुसार ४१२ अघि वर्षदेखि बडिमालिका यात्रा सुरु भएको थियो ।‘अहिले पन्ध्रौं पटक भयो बडिमालिका पुगेको’ उपाध्यायले भने, ‘अब २१ वर्षसम्म जाने प्रण गरेको छु ।’ पहिले सुरक्षाकर्मीहरु साथमा जान्थे । जुम्लादेखि मूर्ति र गहनाहरु लैजानु परेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन बडिमालिका यात्रा सुरु हुन्छ । हरेक दिन दुई घण्टा मात्र हिँडिन्छ ।सरकारी टोली सिंगो जुम्लाबासीको मनोकामना लिएर जाने भएकोले विशेष पूजापाठ गरिन्छ । डोली बोकेर जाने र आउने बेला निकै तामझामका साथ पठाइन्छ र भित्र्याइने गरिन्छ।उनलेे भने,’ हरेक वर्ष नाग पञ्चमीको दिनमा बडिमालिका यात्रा सुरु हुन्छ । हरेक दिन दुई घण्टा मात्र हिँडिन्छ।यस्तै पहिलो दिन जुम्लाको तातोपानी गाउँपालिकाकाे लिताकाेट,दाेस्राे दिन हिमा गाउँपालिकाकाे माेफ्लागाउँ ,तेस्रो दिन कनकासुन्कदरी गाउँपालिकाकाे सन्यालबाडा,चाैथाे दिन मुगुको खत्याड गाउँपालिकाकाे क्वा गाउँमा पाँचौं दिन सुकाढिक भन्ने झुगाला,छैटौं दिन बाजुरा जिल्लाकाे ढाडाकाेट गाउँमा साताै दिन देउडा पाटन,आठौं दिन कालिकोट जिल्लाकाे त्रिवेणी पाटन,नवाै दिन बाजुरा जिल्लाकाे बडिमालीका मन्दिरको गाथमा पुगिन्छ।देउडा पाटनमा ढाडाकाेटका बिष्ट जातीले चन्दननाथ बाबाको लिंगाे काटिएको सरकारी टाेली जिम्मेवारी लगाएको पुजापाठ गरि बाेकेर त्रिवेणी पाटनमा कालिकोट जिम्मेवारी दिइ भाेलि पल्ट कालिकोट र जुम्लाले पुजापाठगरि र डाेटी लिगाे पुजापाठ गरि जुम्ला र डाेटी अविसर (प्रतिनिधि) लाई कालिकोट त्रिवेणी काे पुजारी अविसेक (नुहाउने) गराइ उक्त समयमा डाेटी वा जुम्लाको लडाइँको हुन्छ छ जनाले तातनाा आफ्नो लिन खाेज्छन्।जसले खाेस्याे सक्यो बिजयी हुने मान्यता छ।पुनः पुजा गरि आफ्नो आफ्नो लिंगाे दिएर बडिमालिमा मन्दिरमा त्रिद्हाल्ने चाैदसीकाे दिन र जुम्ला डाेटी बाजुरा अविसरहरु संयुक्तरूपमा पुजारी सामु विधिवत पुजापाठ गरि जुम्लाको नासु पुजारीले लिने ध्वजा,ताेरण सिकापाति फिर्ता मागि बिधाई गरि पुरानै बाटोबाट फर्केने चलन छ।हिजो( शुक्रबार) सरकारी बिष्णुबहादुर महतको नेतृत्वमा पाँच जनाको सरकारी टोली र अन्य स्थानीय बडिमालिका पुजारी विष्णुप्रसाद उपाध्याय (रेग्मी) सहितकाे टोलीलाई नेपाली सेनाको टुँडिखेल मैदानमा भव्य स्वागत गरेकाे थियोे।।प्रन्धाै पटक बडिमालीका पुगेका बिष्णुप्रसाद उपाध्यायलाई जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आचार्यले कदर पत्र दिएर सम्मान गरेेका छन्।
क्याप्सन: सरकारी टाेलीलाई स्वागत गरेको तस्बिर गाेल्डेन बुढा जुम्ला!





