बाजुराको भम्का बजारमा भीषण आगलागी

बाजुरा,२३ जेष्ठ ।
हाेटलमा रहेको ग्यास सिलिन्डर पड्किएर शुक्रबार दिउँसो भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
बजार क्षेत्रमा एक लाइनमा रहेका ४० वटा पसल जलेको बुढीगंगाका मेयर रामबहादुर बानियाले बताए । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा दिउँसो ग्याँस सिलिन्डर पड्किएर आगलागी सुरु भएको हो






