मकैबालीमा फौजी किराको प्रकोप

कालिकोट, १४ असार ।
जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाको थानकोट, मेग्र लगायतका गाँउमा स्थानीय किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । पुतली वर्गमा पर्ने निशाचर किराले दोस्रोपटक गोडमेल गर्ने बेलाको मकै सखाप पारेपछि किसान चिन्तित भएका छन् ।

tl:a/M/fhs’df/ sfsL{÷sflGtk’/
वैशाखमा छरेको मकै एकपटक गोडमेल गरी हुर्किसकेको अवस्थामा दोस्रो पटक गोडमेल गर्न जाँदा किराले सखाप पारेको थाहा पाएको किसानले बताएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ थानकोटका स्थानीय किसान बेला बिकले बताइन् । ‘७ पाथी बिउ जाने जमीनमा मकै बाली लगाएको थियो । अरु खेत छैन । त्यो खेतमा लगाएको मकै बाली सबै किराले नष्ट गराएको छ । ६ जनाको परिवार कसरी पाल्ने ?’, उनले भनिन्, ’मकैबारी र भारी बोकेर कमाएको पैसाले चामल किनेर परिवारको छाक टारिन्थ्यो । श्रीमानका पाँच भाई सबैका बराबर पाखो बारी छ ।
सबैको मकै बाली किराले नष्ट बनायो ।’ यस्तै स्थानीय प्रमिला पाण्डेको २२ पाथी बिउ जाने जमिनमा लगाएको मकै बाली पनि सबै फौजी किराले नष्ट बनाएको छ । भैसीको दूध बिक्रि गर्ने र खेतमा मकै उत्पादन गरी परिवार पाल्दै आएकोमा मकै किराले खाएपछि भोकमारी हुने जोखिम बढेको छ । उनले भनिन्, ‘पहिलोपटक गोडमेल गरेको मकै हलक्क बढेको थियो । दोस्रोपटक गोडमेल गर्न खेतमा आउँदै पुरै मकै नष्ट भएको देखियो ।
मकैको पात र गाभमा किराले खाएर सुक्न थालेको छ ।’ स्थानीय अने बिक, नरेन्द्र विक लगायतका थान र मेग्रका गरी एक सय बढी किसानको मकैबालीमा क्षति पुगको छ । स्थानीय अने विकले भने, ‘पहिलेको मकै उखेलेर नयाँ मकै छर्ने सिजन पनि गइसक्यो ।






