वीरेन्द्रनगर बजारमा ग्यास पड्किँदा होटलमा आगलागी पुष्टि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बीच बजारमा आगलागी ग्याँस पड्किदा आगलागी पुष्टि भएको छ । सोमबार दिउँसो होटल लालीकाँडामा ग्याँस पड्केर आगलागी भएको हो ।
आगलागी भएपछि होटलसँगै सटेका घडी, रेडियो, साइकल तथा फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको एकीन हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो ।
काठबाट निर्मित पुरानो घर भएकाले बढी क्षति भएको हुन सक्ने जनाइएको छ ।






