हाम्रो संस्कृति

लेखक : ललित कुमार चलाउने क्षेत्री
वीरेन्द्रनगर–१०, सुर्खेत ।

संस्कार र संस्कृति भनेका हाम्रा गौरव हुन्, सम्पत्ति हुन् । संस्कृति भनेको एकदम महत्वपूर्ण हुन्छ भन्ने कुरा त अहिलेको समयमा सबैलाई थाहा भएकै कुरा हो । तर, धेरैजसो मानिसले यो महत्वपूर्ण तथ्यलाई बिर्सिन्छन् । विशेषगरी संस्कृति बारे थाहा भएर पनि आजकालका युवाहरूले आफ्नो संस्कृतिलाई प्रवर्द्धन र रक्षा गर्दैनन् र उल्टै अन्य देशको संस्कृति पछ्याउँछन् । यो एकदम गलत हो ।

संस्कृति भनेको हाम्रो जीवनलाई सरल र रमाइलो बनाउने एउटा यस्तो कला र विश्वास हो, जुन एउटा पुस्तादेखि अर्काे पुस्तामा हस्तान्तरण गरिन्छ । संस्कृतिलाई ‘सम्पूर्ण समाजको जीवन पद्धति’ भनिन्छ । यसले एउटा मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कलाबारे समावेश गरेको हुन्छ । अर्काे शब्दमा भन्नुपर्दा, यो एउटा समुदाय वा समाजभित्र हुने मानवीय गतिविधि हो । रीतिरिवाज, कानुन, पोसाक, वास्तुशैली, सामाजिक स्तर र परम्पराहरू सबै सांस्कृतिक तत्वका उदाहरणहरू हुन् ।

संस्कृति सबै देश अथवा समूहको लागि एउटा महत्वपूर्ण विषय हो । अझ नेपालका लागि त यसको संस्कृति एकदमै महत्वपूर्ण छ । हाम्रो संस्कृतिले सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्छ । यसले नेपाली जनतालाई राष्ट्रिय पहिचानको भावना प्रदान गर्न पनि मद्दत गर्छ । हाम्रो संस्कृतिले विभिन्न जातीय समूहहरूबीच सहिष्णुता र समझदारीलाई बढावा दिन्छ । द्वन्द्व अथवा झैझगडा रोक्छ र शान्ति प्रवर्द्धन गर्न पनि मद्दत गर्छ । सभ्यता, संस्कृति र परम्पराहरूको भण्डार हो हिन्दु समाज ।

हिन्दु धर्ममा :
१. गर्भाधान संस्कार पहिलो संस्कार हो । माताले गर्भ धारण गर्नुअघि गरिने संस्कारलाई गर्भाधान संस्कार भनिन्छ । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहोस् भनेर यो संस्कार गरिन्छ ।

२. पुंसवन संस्कार दोस्रो संस्कार हो । यो गर्भावस्थाको तेस्रो महिनामा गरिने एक अनुष्ठान हो ।
३. जातकर्म संस्कार शिशु जन्मिएपछि नाल काट्नुभन्दा पहिले नै गर्ने विधान हो । नवजात शिशुको आयु, आरोग्य, बल, बुद्धि प्राप्त होस् भन्ने कामनाका साथ यो संस्कार गरिन्छ । यतिबेला बच्चालाई मह र घिउ चटाउने पनि गरिन्छ ।
४. शिशु जन्मेको ११औँ दिनमा नामकरण (न्वारन) संस्कार गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औँ दिनसम्मलाई बृद्धि सूतक मानिएको हुनाले ११ औँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुन सक्छ । कर्मकाण्डज्ञाता विद्वान्हरू शुभ नक्षेत्र वा शुभ दिनमा यो संस्कार गर्नु उचित मान्छन् ।

५. निष्क्रमण संस्कार शिशु जन्मिएको चार महिनामा बालकलाई घरबाट बाहिर निकाल्नुलाई भनिन्छ ।
६. अन्नप्राशन संस्कार शिशु विकसित हुँदै जाँदा स्तनपानबाट प्राप्त हुने पौष्टिक आहार शिशुको शारीरिक र मानसिक विकासका लागि अपर्याप्त हुने हुँदा शिशु जन्मिएको ६ महिनामा अन्नप्राशन गराईन्छ ।
७. कान छेड्ने परम्परालाई कर्णभेद संस्कार भनिन्छ । यसलाई प्रचलित शब्दमा कान छेड्ने पनि भनिन्छ । बालक वा बालिका दुवैको कर्णभेदन संस्कार गरिने प्रावधान रहेको पाइन्छ ।

८. विद्यारम्भ संस्कार जब बालबालिकाको शिक्षा ग्रहण गर्न सक्ने क्षमता प्राप्त हुन्छ, तब यो संस्कार गराउने प्रचलन छ ।
९.पहिलो पटक बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर कर्म पनि हो ।
१०. व्रतबन्ध संस्कार बालकलाई गार्हस्थ्य ज्ञानबाट परिचित गराउन गरिन्छ । व्रत भन्नाले सङ्कल्प बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक मानिने यज्ञोपवित ग्रहण गर्ने प्रक्रिया पनि हो यो ।

११. समावर्तन संस्कार केशान्त संस्कारसँग मिल्ने एक संस्कार हो । यो संस्कार केशान्त संस्कारभन्दा पहिला गरिन्छ । यो संस्कारमा बालकलाई शिष्यका रूपमा संस्कार गरी वैदिक ज्ञान प्रदान गरिन्छ ।
१२. बालकलाई उपनयन संस्कार गरिसकेपछि ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउनु वेदारम्भ संस्कार हो । गुरुकुलमा ब्रह्मचर्य व्रत पालन गर्ने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो । शिष्य सम्पूर्ण परीक्षामा सफल भएपछि नै वेदारम्भका लागि योग्य भएको पुष्टि गरिन्थ्यो ।

१३. केशान्त संस्कार जब शिष्य वेद, व्याकरण, तर्कशास्त्रमा निपूण भएपछि गुरुकुलबाट बिदाइ गर्दा यो संस्कार गरिन्छ । स्नान आदिद्वारा स्वच्छ गरी शुद्ध वस्त्र र केशको मुण्डनसँगै विद्यावारिधि प्रदान गरिन्थ्यो ।
१४.स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई पाणिग्रहण (विवाह) संस्कार भनिन्छ ।
१५. गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेस्रो कर्तव्यका रूपमा सीमन्तोन्नयन संस्कारलाई लिने गरेको छ । गार्हस्थ्य जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो । दम्पतीले सौभाग्य प्राप्त गर्नु र श्रेष्ठ सन्तानोत्पादन गर्नु यस संस्कारको प्रमुख अभिप्राय हो । गर्भपात रोक्नुका साथसाथ गर्भस्थ शिशुको रक्षा गर्ने उद्देश्य पनि यस संस्कारमा निहित छ ।

१६. यस्तै मृत्युमा अन्त्येष्टि संस्कार गरिन्छ । मानिसको मृत्युपश्चात् गरिने संस्कार हो । यो पार्थिव शरीरको अन्तिम क्रिया हो, जसलाई सद्गति भनिन्छ । सनातन धर्ममा परमार्थको प्राप्तिका लागि सद्गति आवश्यक छ । अन्यथा अतृप्त अवस्था विद्यमान नै रहन्छ ।

यस प्रकार सनातनी जीवन संस्कार नै संस्कारले भरिएको छ । हरेक संस्कार स्वयंमा एक उत्सव हुन् । कतिपय कारणले सांस्कृतिक मूल्य तथा स्वरूपमा परिवर्तनका साथै सांस्कृतिक क्षरण पनि देखापर्छ । सांस्कृतिक क्षरण तब हुन सक्छ, जब एक प्रभावशाली संस्कृति कुनै सानो वा कम शक्तिशाली संस्कृतिलाई प्रभावित गर्दछ । परिणामस्वरूप अद्वितीय सांस्कृतिक प्रथा, विश्वास र परम्परामा ह्रास आउन थाल्छ । अर्को कारण प्रविधिको विकास पनि हो, जसको नकारात्मक प्रभाव सांस्कृतिक प्रथा एवं परम्परामाथि पर्छ । हामीले हाम्रो सांस्कृतिक क्षरणको अवस्थालाई रोक्नेतर्फ सोच्नुपर्छ । सांस्कृतिक क्षरणलाई रोक्ने अनेक तरिका हुन सक्छन् । यसका लागि शिक्षा र जागरूकता फैलाउन सकिन्छ । यस्तै, सांस्कृतिक प्रथा, परम्परा, लोककथा, गाथा, गीत, नृत्य आदि सांस्कृतिक निधिको दस्ताबेजीकरण र संरक्षण गर्नतिर हामी लाग्नुपर्छ ।

हाम्रा सोह्र संस्कारमा थुप्रै उत्सव छन् । हामीले जसरी जातकर्म र नामकरण संस्कार गर्छौँ, जन्मसँग जोडिएका यी विशेष उत्सव हुन् । हामीसँग संस्कार र संस्कृतिको कमी छैन । हामी हाम्रै सांस्कृतिक जीवनमा बाँच्दा पनि पुग्छ ।

यद्यपि सांस्कृतिक आदान–प्रदान सांस्कृतिक प्रसारको एक माध्यम हो । हामीले हाम्रो सांस्कृतिक क्षरणको अवस्थालाई रोक्नेतर्फ सोच्नुपर्छ । सांस्कृतिक क्षरणलाई रोक्ने अनेक तरिका हुन सक्छन् । यसका लागि शिक्षा र जागरूकता फैलाउन सकिन्छ । यस्तै, सांस्कृतिक प्रथा, परम्परा, लोककथा, गाथा, गीत, नृत्य आदि सांस्कृतिक निधिको दस्ताबेजीकरण र संरक्षण गर्नतिर हामी लाग्नुपर्छ ।

हाम्रो संस्कृति

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना