कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी


कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन् । एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेका हुन् । सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको प्रहरीले जानकारी दिएको छ ।
मासु खाएर बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । बिहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएको प्रहरीको भनाइ छ ।
मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भइरहेको छ । तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वास्थ्य अवस्थामा सुधार आएको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए । अस्पतालका चिकित्सकले फुड प्वाइजनिङ भएको आशंका गरेका छन् ।






