प्राइम बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा

प्राईम बहुउदेश्यीय सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ । यस वर्ष संस्थाले स्थापना दिवसको उपलक्ष्यमा अनलाईन मोबाइल बैकिङ, क्यू आर, फोन पे सेवा शुभारम्भ गरेको छ ।

२४ वर्ष अगाडि स्थानीय २५ जना युवाहरुको सक्रियतामा एक लाख २५ हजार शेयर पूजीबाट स्थापना भएको यो सहकारी २७ सय जना शेयर सदस्यबाट १२ करोड शेयर पूजी पुर्याउन सफल भएको छ ।

त्यसैगरी संस्थामा ५ करोड जगेडा कोष, विभिन्न कोषहरूमा १ करोड ५० लाख, बचत निक्षेप ७० करोड तथा ऋण लगानी ५८ करोड र तरलता रकम २० करोड रहेको छ । संस्थामा ३९ प्रतिशत तरलता कायम गर्दै कूल वासलात ८० करोडको भएको छ ।

संस्थाको आफनै सुविधा सम्पन भवन निमार्ण गरी सेवा शुरु गर्ने संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए ।
हाल सम्म संस्थाले कुनै बाह्य कर्जा लिएको छैन । सदस्यहरुको बचत तथा शेयरबाट संचालन गर्दै आएको छ । संस्थाको वीरेन्द्रनगर नगरपालिका–६ मा आफनै सुविधा सम्पन भवन निमार्ण भएको छ । यसै वर्ष देखी संस्थाको सम्पूर्ण कारोबार आफनै भवनबाट शुरू भएको छ ।

स्थापना कालदेखि नै संस्थाले सदस्यहरुको समृद्धि, विकास र अधिकतम हितलाई ध्यानमा राखी सहकारी मुल्य, मान्यता, सिद्धान्तको पुर्ण रुपमा पालना गर्दे “एकको लागि सबै र सबैको लागि एक” भन्ने सहकारीको मुल भावनालाई आत्मसात् गर्दै संस्था सफला पूर्वक २४ औं वर्ष पुरा गरि २५ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाको मुख्य उदेश्य भनेको सदस्यहरुबाट उचित ब्याजदरमा बचत संकलन गर्नु र उक्त बचत रकमलाई न्युन ब्याजदरमा सदस्यहरुलाई कर्जाको रुपमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउनु हो ।
सदस्यहरुको आर्थिक समृद्धिका लागि सबैभन्दा महत्वपुर्ण र सशक्त क्षेत्र भनेको नै सहकारी क्षेत्र भएकोले सहकारी क्षेत्रको माध्यमबाट नै ग्रामी्ण क्षेत्रमा छरिएर रहेको पूजी, श्रम, सीप र प्रविधिको उपयोग तथा उद्यमशीलताको उचित रुपबाट विकास र विस्तार गरी सदस्यहरुलाई आर्थिक रुपमा आत्मनिर्भर, स्वावलम्बी बाटोमा ल्याउनु संस्थाको कर्तव्य हो ।
संस्थाले यसै वर्ष देखी सदस्यहरुको सहजताको लागी अनलाइन सेवा सुचारु गरेको प्राईम बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए ।

कोभिड १९ को दिर्घकालिन असर, रूस युक्रेन युद्ध, विश्वव्यापी आर्थिक मन्दी, अस्थिर वित्तीय बजार र यसले पारेको असरका कारण ब्यापार व्यवसायमा आएको शिथिलता, सहकारीमा आएको व्यापक चरम निराशा र अनियमिता बिचमा सदस्यहरूको साथ र सहयोगले संस्थागत सुशासन कायम गर्दै चुस्त रूपमा उत्कृष्ठ वित्तीय सेवा प्रदान गरिरहेको छ ।

संस्थाले स्थानीय, श्रोत, साधनहरुको उपयोग, परिचालन गर्दै समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुह तथा सदस्यहरुको उत्थान एवम् समग्र समृद्धि र सामाजिक, आर्थिक विकास गर्दै सदस्यहरुको आवश्यकता पुरा गरेको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा समाजका आर्थिक रुपमा विपन्न समुदाय कमजोर वर्ग ,र निम्न आय भएका ब्यक्ति संघ सस्थाहरुलाई सहयोग गर्दै सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।

प्राइम बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा

हराउँदै मौलिक घर : रंगिन बन्दै बस्तीहरु

प्राइम बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा

जेठ १३ देखि पोलियो रोग विरुद्धको खोप