सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस


सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप गर्न सिफारिस गरेको छ ।

सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न सिफारिस गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।

धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद शुक्रवार सकिदैँछ ।

यता, सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज अदालतमा बहस गर्ने बुझिएको छ ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

सल्यानमा भतिजाको कुटपिटबाट काकाको मृत्यु