सरोकारवालालाई २ दिने वातावरणिय अध्ययन सम्बन्धि तालिम


कर्णाली प्रदेश अन्तरगत जुम्ला र कालिकोटका जिल्लाका सम्पुर्ण स्थानिय निकायका जनप्रनिधि, कर्मचारी लगायत अन्य सरोकारवालाहरुलाई २ दिने जिल्ला स्तरिय वातावरणिय अध्ययन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
खलंगामा मा मिती वैशाख २७ र २८ गते कालिकोटमा ३० र ३१ गते वातावरणिय अध्ययन सम्बन्धि तालिम सम्पन्न भएको हो । कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र यूएनएसएआईडी जल जंगल को संयूक्तm आयोजनमा संचालन भएको थियो ।
सो कार्यक्रममा जुम्ला जिल्लाका जिल्ला समन्वय प्रतिनिधि, ८ वटै प्रमूख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, ईन्जीनियर, वन, वातावरण एबम विपद ब्यबस्थापन शा जिल्लाबाटशाखा प्रमुख एबम जिल्ला डिभिजन वन कार्यलय, जिल्ला जलाधार ब्यबस्थापन कार्यलय, सामुदायिक वन महा संघ, क्रियाशिल पत्रकार एवम अन्य सरोरकारवाला निकायहरुको सहभागिता रहेको रहेको थियो ।
त्यसैगरी कालिकोट जिल्लाका ९ वटै स्थानिय निकायका प्रमूख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, ईन्जीनियर, वन, वातावरण एबम विपद ब्यबस्थापन शाखा प्रमुख एवम जिल्ला डिभिजन वन कार्यलय प्रमूखको उपस्थीती रहेको जल जंगल परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत बिनोदकुमार शाहीले जानकारी दिए ।
प्रशिक्षार्थीहरुलाई वन तथा वातावरण मन्त्रालयका उप सचिब कमल राज अर्याल, परियोजना बरिष्ठ कार्यक्रम अधिकृत बिनोदकुमार शाहीे र वातावरणविद निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले जैबिक विविधता एवम प्रकृति संरक्षणका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।
साथै सहभागी स्थानिय जनप्रतिनीहरुले कर्णाली प्रदेश अन्य प्रदेशको तुलानमा जैविक विविधताले भरिपूर्ण प्रदेश भएपनि जैविक विविधता, प्रकृति संरक्षण र विकास निमार्णका कार्यहरुलाई संगसंगै गर्नलाई चुनौतीपूर्ण भएको र कतिपय विकास निमार्णका कार्यहरु वातावरण अध्ययन विनै गर्नाले वन संरक्षण र दिगो विकासमा थप चुनौति रहेको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुले विकास निर्माणका कार्यहरु गर्दा वातावरणिय पक्षहरु महत्तवपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यान दिदा विकास निर्माणका कार्यहरु दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको जनाएका थिए ।






