खाली दरबन्दी लुकाउन नमान्दा: एक महिनामा दुई पटक सरुवा


यतिबेला देशभर राष्ट्रिय स्वतन्त्र पार्टीकी शिक्षा मन्त्री सुमना श्रेष्ठको चर्चा परिचर्चा भइरहेको छ । संसदमा देखिएको उनको अब्बलताले धेरैलाई शिक्षा क्षेत्रको गुणस्तर आउने आशावादी बनाएको छ । उनी मन्त्री बनेपछि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । उनी मन्त्री भए लगत्तै निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भन्दै शिक्षकको अन्तर जिल्ला शिक्षक सरुवा रोकिएको थियो ।तर, जिल्लामा शिक्षा हेर्ने शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीको सरुवा भने रोकिएको छैन ।
कर्मचारीको सरुवामात्रै होइन, एक ठाउँमा महिना दिनसमेत काम गर्न नदिइ अर्को ठाउँमा सरुवा गरिएको छ ।श्रेष्ठ मन्त्री भएको एक महिना नपुग्दै सरुवा भएका प्राविधिक सहायक मानबहादुर कुमाल उही महिनामा दोश्रोपटक सरुवा भएका छन् । हाल शिक्षा विकास तथा समन्वय इकाइ जुम्लामा कार्यरत उनको एक महिनाको अवधिमा दुई पटक सुरुवा भएको हो ।
मनपरी सरुवा भएपछि उनले अन्यायमा परेको बताए।उनी २०७८ असोज २० मा प्राविधिक सहायक नियुक्त भएका थिए । सुरुमै कालिकोट पोस्टिङ भएका उनी ०७८ चैतसम्म कालिकोटमै बसे । त्यसपछि जुम्ला सरुवा भएका उनी ०८० असार अन्तिममा पुनः कालिकोट गए । ०८० फागुन १४ गते जुम्लामा शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुखको रुपमा सरुवा भएर जुम्ला पुगेका उनले उनी चैत्र १५ गते देखि सञ्चालित माध्यमिक शिक्षा परीक्षामा जुटिरहेको बेला पुनः सरुवा भएको चिठी आयो ।जुम्लामा सरुवा भएर आएको एक महिना नपुग्दै मन्त्रालयले कालिकोटमै सरुवा गर्नु शिक्षा मन्त्रालय जिम्मेवार नभएको सरोकारवालाहरु बताइरहेका छन् ।
एकातिर देशमा उर्जावान शिक्षामन्त्री हुनु अर्को तिर उनकै तालुक कार्यालयमा कर्मचारीको मनपरी सरुवा हुनु संयोग मात्रै कसरी हुन्छ भन्ने खालका प्रश्न उब्जिएका छन् ।’अहिले एसईई परीक्षा चलिरहेको छ । केही समस्या आयो भने को जिम्मेवारी कसको हुने? काज फिर्ता गर्नु नै पर्ने थियो भने पनि परीक्षा सकिसके पछि गर्नु पर्ने कि त यसरी सरुवा गरेर नल्याउनु पर्ने थियो,’ पीडित प्राविधिक सहायक कुमालले भने, ’यसरी कर्मचारीलाई मनपरि चलाउककदा मेहिनेती, लगनिशिल र कर्तब्यनिष्ठ कर्मचारीको मनोबल गिर्छ।’एक महिना अगाडि कालिकोटबाट आएका उनलाई फेरि कालिकोटमै फिर्ता पठाइएको छ । तर उनको कालिकोटमा भएको दरबन्दीमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाकक कर्मचारी खटाइसकेको छ । ’
एउटा निकायले गरेको निर्णय अर्कोसंग बाझिने कसरी हुनसक्छ म अचम्ममा छु,’ उनले भने, ’यो घटनाबाट देश र कर्मचारी संयन्त्र स्पष्ट र नीतिगत रुपमा नभै राजनितिक दबाबमा चलेको देखिन्छ ।’काज फिर्ता भएपछि उनले शिक्षा मन्त्रीलाई निवेदन पनि दिएका थिए । तर कुनै जवाफ आएको छैन । ’कर्मचारीको काम जहकका खटाइयो त्यही गएर गर्ने हो,’ उनले भने, ’महिना दिन नबित्दै यसरी कर्मचारी चलाउनु सरासर अन्याय हो । यसरी कर्मचारीलाई नसोधी सरुवा गर्नु कर्मचारीको मनोबलमा प्रहार गर्नु हो ।’उनका अनुसार जिम्मेवारी दिएको एक महिना नपुग्दै समान तह र पदमा कार्यरत जुनियर कर्मचारीलाई निमित्त इकाइ प्रमुख बनाउन सिनियर कर्मचारीको काज फिर्ता गर्नु अन्याय हो ।
अहिले एसईई परीक्षा जस्तो महत्वपूर्ण समयमा काज फिर्ता गर्नु परीक्षाको गरिमा र संबेदनसिलता समेत ख्याल नगर्नु हो ।शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख हुन अधिकृत हुनुपर्ने प्रावधान छ । अधिकृत नभएको खण्डमा प्राविधिक सहायकलाई निमित्त दिने गरिएको छ । उनी निमित्त भएरै जुम्ला आएका थिए । ’
जुम्ला शिक्षा इकाइमा अधिकृत पठाएको भए कुनै गुनासो थिएन । तर सिनियर कर्मचारीलाई हटाएर जुनिएर कर्मचारीलाई निमित्त बनाउनु राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन,’ उनले थपे ।जुम्लाका विद्यालयहरुमा खाली रहेका दरबन्दी लुकाउन नमान्दा शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त प्रमुख मानबहादुर कुमालको सरुवा भएको हो । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को तयारी अवस्थामा नै उनको सरुवा भएकोले परीक्षाको व्यवस्थापनमा समस्या देखिएको छ । तर उनलाई कार्यालयबाट काज सरुवा गरेपनि एसइइ परीक्षा सफल बनाउन उनी जुम्लामै खटिएका छन् ।






