सुर्खेत हस्पिटलमा फिजियोथेरापी सेवा सुरु


विगत १२ वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सेवा दिदै आईरहेको सुर्खेत अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएपछि नशा तथा हाडजोर्नीका समस्या भएका विरामीको उपचारमा सहज हुने अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर हिक्मत भण्डारीले बताए ।
हाडजोर्नी नशा प्यारालाईसिस मांशपेशी श्वासप्रश्वास संम्वन्धि समस्या घाटी तथा जिउको दुखाई कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए ।
‘दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ थेरापीले लामो समयसम्म काम गर्दछ मांशपेशी बलियो बनाउछ,’ उनले भने ।
अस्पतालमा दम रोग भएका विरामीलाई भाइव्रेटर मेशिन मार्फत खकार निकाल्ने गरी उपचार सेवा दिने अस्पतालका वरिष्ट फिजिसियन डाक्टर के एन पौडेलले बताए ।
अनुभवी फिजियोथेपीष्ट द्दारा दिइने सेवा सुर्खेतकै अन्य अस्पताल भन्दा कम शुल्कमा यस अस्पतालमा रहेका अस्पतालका प्रवन्ध निर्देशक रवि सापकोटाले बताए ।
फिजियोथेरापी प्रत्यक उमेर समुहका व्यक्तिका लागि एकदमै महत्वपूर्ण उपचार पद्दति रहेकोले अस्पतालमा पहिले नै अन्य उपचार गर्नका लागी ओपिडी पुर्जा बनाइसकेका विरामीहरुका लागी फिजियोथेपी रजिष्टेशन शुल्क नलाग्ने अस्पताल व्यवस्थापक भक्तबहादुर शाहीले बताए ।






