कृषि जैविक विविधता प्रदर्शनी तथा खाद्य मेला आयोजना


लि–बर्डले जुम्लामा पुनः खाद्य तथा पोषण उत्थानशिलका लागि नविकरणीय ऊर्जा रिराज परियोजना संचालन गरेको छ । रैथानी बालीको संरक्षणका लागि यो परियोजना संचालन गरेको हो । जुम्लाका चन्दननाथ नगरपालिका, पातारासि र तातोपानी गाउँपालिकामा परियोजना संचालन गरेको छ। बाजुरा, मुगु, जुम्ला र सिन्धुपालचोक जिल्लामा रिराज परियोजना संचालन गरेको जुम्ला क्लष्टका संयोजक पदम सापकोटाले बताए। यो परियोजना स्न २०२८ सम्म नेपालका ४ वटा जिल्ला र जुम्लाका तिनवटा स्थानीय तहमा संचालन हुने उनको भनाइ छ ।
कृषि अनुसन्धानमा केन्द्रित जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल लि–बर्डले रैथाने खाद्य बाली संरक्षणमा नयाँ परियोजना संचालन गरेको हुनाले संरक्षण हुनेमा धेरैले आशा गरेका छन् ।१५ वटा खाद्य बालीको विकास गरिसकेको लि–बर्ड पुन जुम्लामा पाईने रैथाने बालीको संरक्षणको काम सुरु गरेको हो।
उनले भने, रिराज परियोजना मार्फत रैथाने बालीको उत्पादन र उत्पादकत्व बढाउँदै स्थानीय स्रोत साधन तथा नविकरणीय ऊर्जालाई उपयोग गर्ने उद्देश्य हो । स्थानीय स्तरमा रैथाने बालीको उत्पादन वृद्धि गर्ने, खाद्य सुरक्षामा टेवा पुराउने र जलवायु परिवर्तनले रैथाने बाली घट्दै गएकाले उत्पादन बढाउने लक्ष्य छ ।

युएनडिपिको सहयोग र लि–बर्ड जुम्लाको सहजीकरणमा संचालित ९रिराज० परियोजनाले जुम्लामा पाईने रैथाने बालीको संरक्षण गर्ने हो।रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनका लागि तातोपानी गाउँपालिका ५ लाम्रामा विहिबारका दिन कृषि जैविक विविधता प्रर्दशनि तथा खाद्य मेला आयोजना गरेको छ ।उक्त खाद्य मेला तथा कृषि प्रर्दशनिमा चारवटा कृषि समूहरुले रैथाले बाली तथा त्यसका परिकार प्रर्दशन गरेका छन् । फापरको केक, लगड, सिमिको दाल, कोल, कोदाको परिकारमा रोटि, पुवा, सेल, मःम र नमकिन देखाएका थिए ।
यस्तै, जौँका परिकारमा रोटि, सातु, चालमका परिकारमा लड्डु, भात, खिर चिउरा, पुवा र खट्टे प्रर्दशन गरेका थिए।यसैगरि लोपउन्मुख अवस्थामा रहेका कागुनो, तिते फापर, गुराउस, रातो कोदो, फापरको पिठो, दुधे चिनो, हाडे चिनो, तोरी, करेलाका बियाँ, गल्ले आरुका बियाँ, कला, पँहेलो सिमि, रातो छिरबिरे सिमि र मास लगायतका रैथाने बाली कृषि समूहरुले देखाएका छन् । रैथाने बाली तथा खाद्य मेलामा गौतमवाडाको भुरिचुल्ला जैविक विविधता कृषि समूह प्रथम भएको छ ।उक्त समूहले नगद ५ हजार रुपैयाँ पुरस्कार वापत प्राप्त गरेको छ ।
यस्तै दोस्रो स्थान नयाँ बस्ति एैरेनि कृषि समूह भएको छ । उक्त समूहले ३ हजार नगद पाएको छ । तृतिय स्थान महादेव कृषि समूह भएको छ । उक्त समूहले दुई हजार नगद प्राप्त गरेको छ । सान्त्वनामा कालिका कृषि समूह भएको छ । उक्त कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवति रावलले सुख्खा सहन सक्ने रैथाने बालीको खेतिमा ध्यान दिन सुझाव दिइन्।
रैथाने बाली लोपहुने अवस्थामा पुगेकाले संरक्षणमा किसानहरुको भूमिका महत्वपूर्ण हुनेछ।जलवायु परिवर्तनको असरले रैथाने बालीहरु हराउने अवस्थामा पुगेका छन् ।लिबर्डले रैथाले बालीको संरक्षणमा खेलेको भूमिकालाई स्थानीय सरकारले साथ दिने उनको भनाइ छ । खानेबानीमा परिवर्तन भएकाले स्थानीय परिकार धेरैले नरुचाउने गरेको छ। स्वास्थ्यका लागि रैथाने बाली महत्वपूर्ण भएकाले सेवन बढी गर्नु पर्नेछ।तातोपानी गाउँपालिका कृषि विकास शाखा प्रमुख मोनसिंह महतले रैथाने बाली प्रयोग गर्दा औषधि हुने भएपनि हेलाका रुपमा हेर्ने गरिएको बताए। सुगर रोगका लागि फापर र दम रोगिका लागि जौँका परिकार धेरै उत्तम भएपनि भात नखाई नहुने समस्याले रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ।रैथाने बालीको उत्पादनको कमीले खाद्य संकट हुने अवस्था आउन सक्नेछ।
धौलिगाड कृषि सहकारी संस्थाका अध्यक्ष कविता जैशीले जुम्लामा पाइने बहुमहत्वका रैथाने बाली संकटमा परेको बताउँछिन्।जलवायु परिवर्तनको असर रैथाने बालीमो परेको महसुश सुनाउँदै उनले सुख्खा, खडेरी र बढी तापक्रम जस्ता समस्या बढ्दै बताइन्। उन्नत, विकासे जातको बिउ जलवायु परिवर्तको मौसम खप्न सक्ने उनको भनाइ छ । रैथाने बालीमा सुख्खा, खडेरी, बढी तापक्रम, किरा र रोग सहन सक्ने क्षमता बढी नहुने कृषि प्राविधिकहरुले बताउँछन्।रैथाने बाली जोगाउन सरकारी र निजी स्तरबाट विभिन्न कार्यक्रम सञ्चालनु हुनु पर्ने देखिन्छ।






