उद्योग बाणिज्य संघ पञ्चपुरीको अध्यक्षमा बिशेश्वर रावल


सुर्खेतको पञ्चपुरी नगरपालिकामा बिहिवार उद्योगी ब्यबसायीहरुको भेला सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ सुर्खेतको सहजिकरणमा पञ्चपुरीको बाबियाचौरमा भएको भेलाले पश्चिम क्षेत्रमा उद्योग वाणिज्य संघको नगर स्तरीय शाखा बिस्तार गरेको हो । बिहिवारको भेलाले बिशेश्वर रावललाइ अध्यक्षमा सर्वसम्मत चयन गर्दै १५ सदस्यीय नया समिति गठन गरेको हो ।
त्यसैगरी शाखाको महिला उपाध्यक्षमा नन्दा बुढाक्षेत्री, उपाध्यक्ष टेकबहादुर थापा मगर, सचिव हेमन्त बिसी, सहसचिव प्रेमबहादुर बिक र कोषाध्यक्षमा प्रकाश कडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मानवहादुर बयक, अनिता कुमारी थापा, पुर्ण प्रसाद ढकाल, नवीन थापा, मोहनसिं माझी, महानन्द जैशी, बलिराम बिक, प्रेम बिसी र टीका सापकोटा रहेका छन् । भेलाले सुर्खेत उद्योग बाणिज्य संघको पञ्चपुरी शाखा गठन गर्न सहयोग गर्ने सम्पुर्ण ब्यक्तिहरुलाई धन्यवाद समेत दिएको छ ।






