सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू


सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू भएको छ ।

बिहिवार र शुक्रवार दुई दिनसम्म चल्ने बैठकमा प्रहरी समायोजन, प्रदेश सरकारको अधिकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । ६ महिना बितिसक्दा पनि संघीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू फेरि बैठक बस्न लागेका हुन् ।

सरकारका एकल र साझा अधिकारको कार्य विस्तृतीकरण सम्बन्धमा सरकार समक्ष सुझाव पेस गर्ने उद्देश्यले मुख्यमन्त्रीहरूको बैठक हुन लागेको हो ।

बैठकमा सात वटै प्रदेशका प्रमुख सचिवहरू, मुख्य महान्यायाधिवक्ताहरू, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहनेछ ।

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू

लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक सुरू

कक्षा कोठा अभावले विद्यार्थीलाई सास्ती