जाजरकोट भूकम्प: एकै दिन ५७ वटा परकम्प

गत शुक्रवार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् ।

पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

मंगलवार बिहानसम्म कूल परकम्पको संख्या चार सय ३९ पुगेको छ । सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमवार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो । त्यस लगत्तै ४.५ को अर्को परकम्प पनि गएको थियो ।

ठुलो भूकम्प पश्चात् परकम्पहरू जाने नियमित प्रक्रिया भएको केन्द्रको भनाई छ । जाजरकोट भूकम्पमा परेर हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

जाजरकोट भूकम्प: एकै दिन ५७ वटा परकम्प

तत्काल आधारभुत सेवा प्रवाहमा ध्यान देऊ !

जाजरकोट भूकम्प: एकै दिन ५७ वटा परकम्प

विश्वकप छनोटमा नेपाल र यमनबीचको खेल मंसिर