तत्काल आधारभुत सेवा प्रवाहमा ध्यान देऊ !

जाजरकोट केन्द्रविन्दु भएर आएको ६ दशमलव चार हेक्टर स्केलको भूकम्पपछि हालसम्म कर्णालीमा दर्जनौं पराकम्पनहरु आईरहेका छन् । यस अवस्थाले भूकम्प प्रभावित स्थानहरुमा आधारभुत आवश्यकता सम्बन्धीका सेवा प्रवाहमा समस्या सिर्जना भईरहेका छन् । सोमबार आएको पराकम्पनले जाजरकोटका केहि स्थानमा सडक समेत अवरुद्ध भयो । यसका साथै सो क्षेत्रका सबै स्थानमा फोन तथा ईन्टरनेटले समेत काम गर्न सकेको छैन ।

यस विपद्को समयमा राज्यका तीनै तह, अर्धसरकारी तथा गैरसरकारी संघ संस्थाहरुले कर्णाली प्रदेशमा सहयोगको तत्परता देखाउनु सकारात्मक रहेको छ । नेपाल टेलिकमले फोन तथा एसएमस सेवालाई निःशुल्क बनाएको छ । तर विडम्बनाको कुरो के छ भने, जाजरकोटका सबै क्षेत्रका टेलिकमका टावरहरुले काम गर्न सकेका छैनन् । नागरिकहरु सूचनाको पहुँबाट समेत टाढा रहेको अवस्था छ । अर्को विषय सशस्त्र प्रहरी बलको टोली १० हजार टेन्टहरु बोकेर भूकम्प प्रभावित क्षेत्रमा पुगेको थियो । काठमाडौंबाट ट्रकमा राखि ल्याइएको राहत सामग्रीलाई कर्णाली आईपुग्न २४ घण्टा भन्दा समय लाग्छ । यता बुद्ध एयरलाइन्सले एक करोड रुपैयाँ सहित राहत तथा उद्धारका सामाग्री ढुवानी निःशुल्क गरिदिने जनाएको थियो । सशस्त्र प्रहरी बलले ल्याएका हजारौँ टेन्टहरु बुद्ध एयर मार्फत चाडो कर्णाली ल्याउन सक्ने सम्भावना थियो । तर त्यसो भने हुन सकेन । अर्को तर्फ नेपाल आयल निगमले राहत तथा उद्धारमा प्रयोग हुने हवाई ईन्धनको रकम आफैले संस्थाको सामाजिक उत्तरदायित्वबाट खर्चीने जनाएको थियो । यदि सशस्त्र प्रहरी बलले ल्याएका टेन्टहरु बुद्ध एयर मार्फत ल्याउदा, न बुद्धलाई ईन्धनकै भार पथ्र्यो न कर्णालीमा राहत आईपुग्न समय नै लाग्थ्यो ।

सोमबार पनि कर्णालीमा उल्लेख्य रुपमा राहत वितरणको कार्य हुन सकेन । सोमवार विहान पीडितहरुले राहत नपाएको तथा मनोमानी रुपमा राहत बाडँेको भन्दै वडा कार्यालयमा तालावन्दी समेत गरे । विपद्को यो समयमा वडा कार्यालयमा नै तालावन्दी हुनु दुःखद् विषय हो । सोमवार विहान भूकम्प पीडितले राहत नपाएको भन्दै भेरी नगरपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए । अहिले एकद्वार प्रणाली मार्फत स्थानीय तहमा राहत वितरणको मुख्य जिम्मेवारी पाएको वडाले राहत वितरण नगरेको तथा वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र रातारात राहत दिएको उनीहरुको आरोप थियो । राहत वितरणमा ढिलाई भईरहेको समयमा नागरिकहरु प्रत्यक्ष रुपमा आधारभुत आवश्यकताको अभावमा बाँचिरहेका छन् । एकातिर पटक पटक आईरहने भूकम्पको पराकम्पनले उनीहरु त्रास बढेको छ । अर्को तर्फ राहत बोकेर आएका हेलिकप्टर तथा गाडीहरु देखेका उनीहरुले समयमा नै राहत नपाउँदा निरास भएका छन् । चिसो मौसममा पालमुनी बस्नु निकै कष्टकर हुन्छ । चिसो पालमुनी त्यसमाथि पनि राहत नपाउदा पीडितहरुमा आक्रोश आउनु स्वभाविक हो । पानीको समस्या पनि उस्तै नै छ । पानीको स्रोत तथा मुहानहरु प्रयोग गर्न लायकका छैनन् । सबै स्थानमा विद्युत सेवा पनि छैन । गाउँमा जोडिएका सोलारहरु प्राय बिग्रिएका छन् । यस्तो अवस्थामा सम्बन्धित सबै संस्था तथा निकायहरुले नागरिकलाई अधिकार प्राप्तीका लागि एकजुट भएर राहत वितरण तथा आधारभुत आवश्यकताको सहज उपलब्धताका लागि सहकार्य गरेर काम गर्न जरुरी छ ।

तत्काल आधारभुत सेवा प्रवाहमा ध्यान देऊ !

रानीघाट भेरी नदीमा पुल निर्माण अन्योल

तत्काल आधारभुत सेवा प्रवाहमा ध्यान देऊ !

जाजरकोट भूकम्प: एकै दिन ५७ वटा परकम्प