नेपाली बजार सुनसान तर भारतीय बजारमा किनमेल गर्नेको भीड

नेपालमा चाड पर्व सुरु भएपनि व्यापार भने भारतीय बजारको हुने गरेको छ । हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपईडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको संख्या बढेको छ । नेपालीहरूको महान् चाड दसैँ शुरु भइसकेपनि नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामी नसक्नु छ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्क नै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन शुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको संख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपैयाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगञ्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि शुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् ।

सीमापारि सामान खरिदका लागि जाने नेपालगञ्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् ।

नाकामा भेटिएकी कोहलपुर १२ का कमला जैसिले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगञ्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताईन् ।

उनले नेपालगञ्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताईन् ।

नाकामा गएर हो हल्ला गर्दैमा वा हेल्प डेस्क राख्दैमा सीमापारिबाट हुने खरिदारी नरोकिने अधिकांश उपभोक्ताको भनाई छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि नेपालगञ्ज सुनसान र सीमापारि भिडभाड कसरी भयो भन्ने कुराको अनुसन्धान गरिरहेको जनाएको छ । सङ्घका अध्यक्ष टङ्क धामीले भन्सारमा झनै कडाइ गर्नुपर्ने जनाउँदै नेपालगञ्जका व्यवसायीले सामानको के कस्तो मूल्य निर्धारण गरेका छन् त्यसको पनि अनुगमन गरिने बताए ।

नेपाली बजार सुनसान तर भारतीय बजारमा किनमेल गर्नेको भीड

वीरेन्द्रनगरका व्यापारी पर्वमा समेत उत्साहित छैनन्

नेपाली बजार सुनसान तर भारतीय बजारमा किनमेल गर्नेको भीड

खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा निषेध

This will close in 0 seconds