सल्यानमा रेडक्रस आँखा शिवीर

सल्यान ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राबिधिक सहयोग तथा बनगाड कुपिण्डे नगरपालिका देवस्थल सल्यानको आयोजनामा निशुल्क मोतिबिन्दु अपरेसन तथा आँखा उपचार शिवीर सन्चालन भएको छ ।
उक्त शिवीर कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा सभापति एवं केन्द्रिय सदस्य रामलाल आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
उक्त शिवीर नगर उपप्रमुख , स्थानीय वडाअध्यक्ष गणेश बि सी, प्रमुख प्रशासकीय अधिकृत एवं सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर मनिष खतिवडा सहित स्थानीय विभिन्न समाजसेवी महानुभावहरुको समुपस्थितिमा संचालित भएको छ ।





