मोटरसाइकल दुर्घटना गरेर फरार भएका चालक पक्राउ

सुर्खेत ।
वीरेन्द्रनगरको फोरलेन सडक खण्डमा पाँच वर्षीय बालकलाई ठक्कर दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै वीरेन्द्रनगर उपत्यका छाडेका ति व्यक्तिलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पूर्वी सुर्खेतबाट पक्राउ गरेको हो ।
प्रहरीकोे अनुसार पक्राउ परेका व्यक्ति ३० वर्षीय युवा हुन् ।

उनी गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका अर्जुन पुन रहेको प्रहरीको भनाई छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले पुनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

उनले चलाएको प्रदेश ३०२००२ प ९२०३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । गोकुल कटेज नजिकै दैलेखका पाँच वर्षीय बालक टेकदर्शन पुरीलाई शनिवार विहान ८ बजे मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार भएका थिए । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै आइतवार पनि सडक अवरुद्ध समेत गरेका थिए ।

घटना लगत्तै प्रहरीले फोरलेन सडक खण्डमा रहेका विभिन्न व्यक्तिहरुले पसलहरुमा जडान गरेका सीसीटीभी क्यामराको सहायताले मोटरसाइकल नम्बर पहिचान गरेको हो ।

मुख्यगरी शान्ति स्टोरमा राखिएको सीसी टिभी क्यामराले फरार रहेका व्यक्तिको पहिचानमा सहयोग पुगेको प्रहरी स्रोतले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले पनि फोरलेन सडकमा बालकलाई ठक्कर दिएर फरार रहेका मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । कार्यालयकाअनुसार नियन्त्रणमा लिएका चालकलाई वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

मोटरसाइकल दुर्घटना गरेर फरार भएका चालक पक्राउ

एमाले कर्णाली जारी मतदानमा अहिलेसम्म तीन सय

मोटरसाइकल दुर्घटना गरेर फरार भएका चालक पक्राउ

एमाले कर्णाली अधिवेशनमा गुजावजंग शाह प्यानलका उमेदवारकाे