तालिम लिएर ब्यवसाय गर्न चाहने युवालाइ अवसर

सुर्खेत ।
लघु, घरेलु तथा साना उद्योग प्रवदर््धन केन्द्रको वार्षिक कार्यक्रम तालीम संचालन हुुने भएकोे छ । आर्थिक वर्ष २०८०।८१ मा विभिन्न तालीम संचालन हुने भएका हुन् । जसमा हाउस वायरिङ्ग, उद्यमशीलता विकास, खाद्य प्रशोधन, प्याट्रन सिलाई ‐बेसिक, एडभान्स), फेसन डिजाइन, कृष्टकल सामाग्रि उत्पादन, व्यटिसियन ‐बेसिक, एडभान्स), प्लम्बिङ्ग, मोबाईल मर्मत, मोटरसाइकल मर्मत, कफि वारिष्टा, बेकरी बेसिक, बाँसजन्य सामाग्री बनाउने, गुडिया बनाउने, बारबर बनाउने ‐कपाल काट्ने), साबुन बनाउने, कम्प्युटर विधिबाट काठ काट्ने, लेजर विधिबाट काठ काट्ने, कम्प्युटर मर्मत जस्ता तालिम संचालन हुुनेछन् ।
तालिम लिई भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलेसुचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यलयमा रहेको अनलाइन आवेदन पोर्टलमा गएर अनलाइनमा आवेदन पेश गर्न सकिनेछ ।
उक्त वेवसाइटमा रहेको सुचना पाटीमा सुचनासँग सम्वन्धित आवेदकको योग्यता, अनलाईन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध रहेको समेत जानकारी गराएको छ ।
यस तालिमहरुसँग सम्बन्धित छनौट तथा अन्य थप सुचना एंव तालिका प्रशिक्षकको रोष्टर सम्बन्धि सुचना वेवसाइटको सुचना पाटीमा नै प्रकाशित हुने व्यहोरा सुचनामार्फत सबैलाई सुचित गरिएको छ ।







