भैसि र खरी बाख्रा पकेटका लागि प्रस्ताव आह्वान

सुर्खेत।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी विकास निर्देशनालय सुर्खेतले भैसि पकेट र खरी बाख्रा विशेष उत्पादन कार्यक्रम संचालन गर्ने भएको छ ।

जसमा खरी बाख्रा विशेष उत्पादन कार्यक्रम तर्फ बराहताल गाउँपालिका क्षेत्रका कृषकका लागि प्रस्ताव आह्वान गरेको छ । भने भैसि पकेट कार्यक्रमको लागि वीरेन्द्रनगरदेखि चौकुने गाउँपालिका क्षेत्रका कृषकका लागि प्रस्ताव आह्वान गरेको हो ।

आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भैसि पकेट र खरी बाख्रा विशेष उत्पादन कार्यक्रम सुर्खेत संचालितका लागि, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको एकिकृत कार्यविधि २०८० मा कायम भए बमोजिम हुने गरी संचालन गर्नेछ ।

भैसि पकेट कार्यक्रमको लागि वीरेन्द्रनगरदेखि चौकुने र खरी बाख्रा विशेष उत्पादन कार्यक्रमका लागि बराहतालका इच्छुक समुह, समिति, सहकारी र स्रोत केन्द्रले सुचना प्रकाशित भएको ३० दिन भित्रमा सम्पुर्ण विवरण सहितको आवेदन फारम पशुपन्छी विकास निर्देशनालय सुर्खेतको कार्यलय समय भित्र सिलबन्दी प्रस्ताव दर्ता गनु हुन प्रस्ताव आह्वान गरिएको छ ।

साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनोटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराइएको छ ।

भैसि र खरी बाख्रा पकेटका लागि प्रस्ताव आह्वान

बाल सुधारगृहबाट भागेका एक जना बाल बन्दी

भैसि र खरी बाख्रा पकेटका लागि प्रस्ताव आह्वान

कुहिएर डल्ला परेको चामल बिक्री