सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि, एक जना पक्राउ

सल्यान ।
सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको आमा–छोरीको हत्या भएको पुष्टि भएको छ ।
भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका–२ मा ३२ वर्षीय रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।

अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला उच्च प्रहरी स्रोतले बताएको छ ।
हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

‘हत्यामा संलग्न व्यक्तिलाई हामीले पक्राउ गरिसकेका छौं,’ ती प्रहरी अधिकारीले भने, ‘पक्राउ परेका व्यक्तिले घटना स्वीकार गरिसकेका छन्।’
प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘भोलि पत्रकार सम्मेलन गरी आमा–छोरीको हत्यामा संलग्न व्यक्ति र हत्याको कारण हामी सार्वजनिक गर्ने छौं,’ ती प्रहरी अधिकारीले भने ।

घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि यसमा सहयोग गरिरहेको थियो ।
आमा–छोरी उक्त घरमा बस्दै आएका थिए। रेवतीका श्रीमान शुकबहादुर थापा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। श्रीमती र छोरीको हत्याको खबरपछि उनी घर फर्किएका छन् ।

सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि, एक जना पक्राउ

नेपाली समाजको विविधतामा एकता अपरिहार्य छः तिलक

सल्यानमा मृत भेटिएका आमा–छोरीको हत्या भएको पुष्टि, एक जना पक्राउ

सुर्खेत कारागारबाट २१ कैदीबन्दी रिहा