लागूऔषध ब्राउन सुगर मुद्दामा एक जना पक्राउ


सुर्खेत ।
सुर्खेत गुर्भाकोट नगरपालिका–७ मेहलकुना बस्ने लागूऔषध ब्राउन सुगर मुद्दामा एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत सुर्खेतको लागत न.३१४५-७८–०७९–०००४१ को फरार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–७ मेहलकुना बस्ने १९ वर्षिय बिकास बादी रहेका छन् ।
उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा राखिएको छ ।






