लखागिन संस्थाको दोस्रो साधारण सभा सम्पन्न

सुर्खेत ।
वीरेन्द्रनगरमा एक समारोहका बिच लखागिन थारु उत्थान मञ्च, सुर्खेतको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०७९-०८० असार मसान्तसम्मको तीन लाख ७९ हजार तीन सय ८४ रुपैया बराबरको आय व्यय प्रस्तुत गरेको छ ।

साधारण सभा कार्यक्रममा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन उपाध्यक्ष लोक बहादुर चौधरीले प्रस्तुतत गरेका थिए । प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका ९ नं वडाका अध्यक्ष ऋषि गिरीले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारु जातिको लोक संस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारु उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै थारु समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए ।

थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको उपचार गर्न यहाँका थारुहरुलाई अब लाटिकोइलीमा बन्दै गरेको स्वास्थ्य अस्पतालबाट निकट भविष्यमा व्यवस्था हुने कुराको जानकारी गराए । आफू थारु समुदायमा हुर्केकोले थारु समुदायको समस्या बुझेका आफ्नो वडाबाट हुने जुनसुकै कुरामा सहयोग हुने बताए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्ण बहादुर थारुले संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकपनको संरक्षण गीत, चालचलन र परम्पराको संरक्षणको लागि लखागिनले काम गर्दै आएको खुशी व्यक्त गरे । उनले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

लखगिन थारु उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारुले थारुहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नु पर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारु समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक उपलब्धि भएको बताए ।

लखागिन संस्थाको दोस्रो साधारण सभा सम्पन्न

‘डोरी तान’ संघ, गुर्भाकोटको अध्यक्षमा दोर्ण हमाल

लखागिन संस्थाको दोस्रो साधारण सभा सम्पन्न

लागूऔषध ब्राउन सुगर मुद्दामा एक जना पक्राउ