‘डोरी तान’ संघ, गुर्भाकोटको अध्यक्षमा दोर्ण हमाल

सुर्खेत, २३ भदाै‌ । दिलिप ढकाल
गुर्भाकोट नगरपालिकामा पालिका स्तरिय नेपाल डोरितान संघ गठन भएको छ ।

शनिवार जिल्ला ‘डोरी तान’ सुर्खेत समितिका अध्यक्ष बलबहादुर खत्रीको संयोजकत्मा बसेको बैठकले दोर्ण हमालको अध्यक्षतामा नेपाल डोरितान संघ, गुर्भाकोट समिति गठन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा सुरेश रोकाय, सचिव दिपेन्द्र चन्द, कोषाध्यक्ष रविन्द्र चन्दरा चयन भएका छन् । सदस्यहरु मिलन सुनार, यज्ञबहादुर रास्कोटी, ज्ञानेन्द्र गिरी, वीरेन्द्र गिरी, तेजबहादुर बुचा, मिलन सुनार, सुमन विक र वासिन्टन घर्ती चयन भएका छन् । समितिको सल्लाहकारहरुमा वीरबहादुर सोनी र रमेशकुमार पुन चयन भएको डोरी तान सुर्खेत समितिका अध्यक्ष बलबहादुर खत्रीले जानकारी दिए ।
शनिवार बसेको बैठकमा डोरी तान संघ, कर्णालीका कोषाध्यक्ष हरी खड्का लगायतकाको उपस्थिती रहेको थियो ।

‘डोरी तान’ संघ, गुर्भाकोटको अध्यक्षमा दोर्ण हमाल

YUGAAWHAN NATIONAL DAILY (2080-05-23)

‘डोरी तान’ संघ, गुर्भाकोटको अध्यक्षमा दोर्ण हमाल

लखागिन संस्थाको दोस्रो साधारण सभा सम्पन्न