एमाले कर्णाली प्रदेश अधिवेशनको लोगो सार्वजनिक

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ ।
आगामी असोज १० र ११ गते वीरेन्द्रनगरमा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक भएको छ । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनले लोगो सार्वजनिक गरेको हो ।

बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा गर्दै नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले उक्त लोगा सार्वजनिक गरेका हुन् ।
कर्णालीका ताल तथा अन्य कुराहरुलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज १० र ११ गते वीरेन्द्रनगरमा अधिवेशन सम्पन्न हुने भएकोले लोगोमा सुर्खेतको काँक्रेविहारलाई पनि प्रस्तुत गरिएको छ । यस्तै मुगको रारा ताल, तालको छेउको हिमाल माथिबाट सूर्य उदाएको जस्तो देखाइएको छ ।

लोगोमा पार्टीको लाल झण्डा पनि फहराइएको छ । लोगोमा रातो, सेतो, निलो, पहेँलो लगायतको रंग समावेश भएको छ ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १० गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इञ्चार्ज, प्रदेशका पदाधिकारी, कर्णाली प्रदेशका केन्द्रीय सदस्य र एमाले कर्णालीका नेता कार्यकर्ता तोकिएको जिम्मेवारीअनुसार काममा जुटेका छन् ।

अधिवेशनमा करिब ६५० प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशनको प्रतिनिधि छनोट अनुपात भूगोल खुलातर्फ १०० पार्टी सदस्य बराबर १ हुने, दलिततर्फ ७५ पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुने र छनोट भएका प्रतिनिधिमध्ये एकतिहाइ महिला संख्या अनिवार्य हुनुपर्ने बताइएको छ । प्रतिनिधि छनोटको आधार भूगोलका लागि पालिका र दलिततर्फका लागि प्रदेश निर्वाचन क्षेत्र रहने छ ।
साथै दलित पार्टी सदस्यले दलित वा भूगोलमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् ।

प्रतिनिधि छनोटको व्यवस्थापन भूगोलको लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्नेछ । शेष रहेको ५० प्रतिशत अंक बराबर एक जना प्रतिनिधि थप हुने व्यवस्था समेत गरिएको छ । तर कुनै क्षेत्रमा आधारसंख्या भन्दा कम भएमा उक्त क्षेत्रबाट एक जना प्रतिनिधिको सुनिश्चितता गरिएको छ ।

एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ । नेतृत्व चयनका लागि जतिसक्दो सहमतिको प्रयास हुने इन्चार्ज भट्टले बताएका छन् ।

एमाले कर्णाली प्रदेश अधिवेशनको लोगो सार्वजनिक

राज्यको करौडौं लगानी डुब्दै सरकारी अनुदानका शित

एमाले कर्णाली प्रदेश अधिवेशनको लोगो सार्वजनिक

मुसीकोटमा सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचना