सहिदपार्कबाट एक जना फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–४ सहिदपार्कबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ मा बस्ने २९ बर्षिय लक्ष्मण भनिने तारा विक रहेका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलिले विकलाई पक्राउ गरेको हो ।
विकलाई सुर्खेत जिल्ला अदालतको मिति २०७९।१२।२२ गतेको फैसलाले लगत नं ३६८४ बमोजिम लागूऔषध (ब्राउन सुगर) मुद्दामा ७ महिना ११ दिन कैद सजाय तोकेको थियो ।
उनलाई नियन्त्रणमा लिई प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।






