कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता

सुर्खेत ।
कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता भएका छन् ।

दैलेखको आठबीस नगरपालिका–१ रामघाट खोला र कर्णाली नदीको दोभान नजिकबाट बालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही रहेका छन् ।

आइतबार दिउँसो १२ बजेको समयमा डुंगा चलाउने क्रममा डुंगासँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिवसँगै अन्य दुई जना साथी पनि थिए । तर, शिवले म एक्लै चलाउनसक्छु भनेर डुंगा नदीमा लिएपछि बगेर बेपत्ता भएका हुन् ।

शिवको खोजीका लागि प्रहरी चौकी पाल्तडाबाट प्रहरी टोली खटिएको छ ।

कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

कर्णाली नदीमा डुंगासँगै बगेर १६ वर्षीया बालक बेपत्ता

YUGAAWHAN NATIONAL DAILY (2080-05-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *