बालिका बलात्कार आरोपमा युवा पक्राउ

डोल्पा ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा बस्ने एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिका बलात्कार घटनामा संलग्न रहेको आरोपमा रुकुम (पश्चिम) आठबीसकोट नगरपालिका ६ मन्काबगरका २१ वर्षीया युवा चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार आरोपित बोहोरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

बोहोराको कोठामा बलात्कार प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरी समेत परेपछि पक्राउ गरिएको बुढाथोकीले बताए ।
पेशाले ड्राइभर रहेका बोहोरालाई जबरजस्ती करणी कसुर बमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार आरोपमा युवा पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-05-15)

बालिका बलात्कार आरोपमा युवा पक्राउ

भेरीगंगाका खाना खर्च मुद्दाको फरार प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *