‘बरराकुना’ मा सशस्त्र प्रहरीको विद्यालय र अस्पताल स्थापना गर्ने तयारी

सुर्खेत, ३ भदौं ।
वीरेन्द्रनगर–११, बर्राकुनामा सशस्त्र प्रहरी बल (एपीएफ)द्वारा सञ्चालित विद्यालय र अस्पताल स्थापनाको तयारी शुरु भएको छ । वीरेन्द्रनगर–११, गाग्रेताल क्षेत्रसँग जोडिएका दुई सामुदायिक वन क्षेत्रको जग्गामा सशस्त्र प्रहरीका लागि जग्गा उपलब्ध गराउँन यहाँको स्थानीय तहले सिफारिस समेत गरिसकेको छ ।

सशस्त्र प्रहरीको विद्यालय र अस्पताल स्थापनाका लागि शिव सामुदायिक वन उपभोक्ता समुह र अम्बीका देवी सामुदायिक वन उपभोक्ता समुहले यस अघि नै जग्गा उपलब्ध गराउने सम्वन्धि निर्णय गरिसकेका छन् ।

यस आयोजनाका लागि वीरेन्द्रनगर नगरपालिकाको २० औं कार्यपालिका वैठकले जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । गत जेष्ठ २५ गते बसेको वीरेन्द्रनगर नगरपालिकाको २० औं कार्यपालिका वैठकले दुई सामुदायिक वन उपभोक्ता समितिले हाल उपभोग गरिरहेको बर्राकुना क्षेत्रको जग्गा उपलब्ध गराईदिन सिफारिस गरेको हो ।

२० औं कार्यपालिकाको वैठकको ‘सशस्त्र प्रहरी बल नेपालको एपिएफ स्कुल र अस्पतालका लागि जग्गा व्यवस्थापन’ सम्बन्धिको निर्णय नं. ४ मा, ‘सशस्त्र प्रहरी बल नेपाल, ६ नं. महेश्वरी बाहिनी मुख्यालयको पत्र तथा ११ नं. वडा कार्यालयको सिफारिस पत्र अनुसार वीरेन्द्रनगर–११ स्थित शिव सामुदायिक वन उपभोक्ता समुह र श्री अम्बीका देवी सामुदायिक वन उपभोक्ता समुहको निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपालको लागि स्कुल र अस्पताल स्थापना लागि उक्त सामुदायिक वनको जग्गा उपलब्ध गराईदिनुहुन भनी अनुरोध भई आएकोमा उल्लेखित जग्गा उपलब्ध गराउन सिफारिस गर्ने’ उल्लेख छ ।

एपीएफलाई १९ विगाह बढी जग्गा नापजाँच
बरराकुना क्षेत्र स्थित उक्त जग्गामा केहि समय पहिले नापी कार्यालयका प्रतिनिधिले जग्गा नापजाँच समेत गरिसकेका छन् । वीरेन्द्रनगर–११ का वडा अध्यक्ष खिमलाल देवकोटाले भने, ‘कार्यपालिकाको वैठकले सिफारिस गरेपछि प्रारम्भिक चरणमा हामीले जग्गा नापजाँच गरेका छौँ । दुई वटा सामुदायिक वन क्षेत्रको जग्गामा विद्यालय र अस्पताल स्थापना गर्ने प्रारम्भिक तयारी छ ।’

यस क्षेत्रमा विद्यालय र अस्पताल सञ्चालन भएपश्चात यहाँका स्थानीय नागरिकले समेत सेवा पाउने छन् । यता नापजाँचमा पुगेको नापी कार्यालयले भने उक्त क्षेत्रमा सिफारिस भए अनुसार १९ विगाह बढी जग्गा नापेर फर्किएको जनाएको छ । नापी कार्यालय सुर्खेतका नापी अधिकृत राजेन्द्र थापाले भने, ‘हामीलाई देखाइएको क्षेत्रमा नाप्दा १९ विगाह चार कठ्ठा जग्गा नापेर आएका छौँ ।

नापजाँच भएको जग्गाको नक्सांकन गरी आगामी प्रक्रियाका लागि अघि बढाइएको छ ।’ नापजाँच भएको जग्गा विद्यालय र अस्पतालका लागि प्रयाप्त भने होइन । उक्त क्षेत्रमा करिव ३० विगाह जग्गा आवश्यक रहेको आशय भएपनि नापजाँच पछि १९ विगाह जग्गा नक्सांकन भएको नापी अधिकृत थापाले जानकारी दिए ।

एकिकृत प्रशासकीय भवनलाई ३७ कठ्ठा जग्गा
कर्णालीको मन्त्रालयहरुका लगि एकिकृत प्रशासकीय भवन निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकाले ३७ कठ्ठा जग्गा सिफारिस गरेको छ । नगरपालिकाको २० औं कार्यपालिकाको वैठकले वीरेन्द्रनगर–७ स्थित उक्त जग्गा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ वमोजिम सिफारिस गरेको हो ।

यस क्षेत्रमा कित्ता नं. ४ को १२ हजार ६ सय ५८ दशमलव ६० वर्ग मिटर (३७ कठ्ठा बढी) जग्गा प्रदेश सरकारको लागि एकीकृत प्रशासकीय भवन निर्माण गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपलब्ध गराउन सिफारिस गरिएको हो ।

‘बरराकुना’ मा सशस्त्र प्रहरीको विद्यालय र अस्पताल स्थापना गर्ने तयारी

YUGAAWHAN NATIONAL DAILY (2080-04-31)

‘बरराकुना’ मा सशस्त्र प्रहरीको विद्यालय र अस्पताल स्थापना गर्ने तयारी

YUGAAWHAN NATIONAL DAILY (2080-04-32)

Leave a comment

Your email address will not be published. Required fields are marked *