तीन जिल्लाका वास टेक्निसियनको बनगाडमा सात दिने तालिम सुरु

दुर्गा विसी/सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा वास युनिटका टेक्निकल कर्मचारीको लागि सात दिने तालिम सुरु भएकाे छ । सल्यानमा सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) का प्राविधिक क्षेत्रमा काम गर्ने तीन जिल्लाका टेक्निसियन कर्मचारीहरुको लागि सात दिने तालिम मंगलबार सुरु भएकाे हाे ।

तालिममा सल्यान,हुम्ला र डाेल्पा जिल्लाका गरि १९ जनाकाे सहभागीता रहेको छ ।उद्घाटन सत्रमा बन्गाडकुपिन्डे नगरपालिकाका नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि,उप प्रमुख पुरुषाेत्तम आचार्य,इन्जिनियर महेश देवकोटा,याेजना शाखाका धर्मराज ढकाल, बनगाड कुपिण्डेका वास संयोजक गाेविन्द शर्मा,वास सहजकर्ता, वास प्राविधिक,जनप्रतिनिधिहरुकाे सहभागीता रहेको थियोे ।
सात दिनेसम्म चल्ने तालिममा विशेष प्रशिक्षकको रुपमा प्राविधिक विशेषज्ञ नारायण सिंह खवास,अर्जुन राजलवट,वास सल्लाहकार फरेन्द्र पौडेल,भिमराज वास्ताेला र पवन वलि,राज कुमार डिसिले तालिमको सहजिकरण गर्ने जनाइएकाे छ । तालिम उद्घाटनकाे पुर्व समय अवधिमा खानेपानी, सरसफाई तथा स्वच्छता परियोजनाको पृष्ठभूमि र नेपालमा कार्यान्वयनको अवस्थाबारे स्पष्ट जानकारी दिईएको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम र आयोजनाका विभिन्न चरणहरु, प्रभावकारी कार्यान्वयन, मर्मत सम्भार र दिगोपनाका लागि आगामी कार्ययोजना, पलानिङ, सर्वे, डिजाइन फिल्डमा खट्दा तथा स्टेमेट लगायत विविध विषयमा वास टेक्निकल युनिटलाई सहज हाेस भनेर शैदान्तिक तथा प्रयोगआत्मक तालिम दिइन लागिएको जनाएको छ ।याे कार्यक्रम लागू भए पश्चात् खानेपानी समस्या भएका सबै स्थानहरुमा खानेपानीकाे समस्या हल हुने नगर प्रमुख वुढाथाेकिकाे भनाइ रहेको थियोे ।गाउँ,विद्यालय टाेल वस्ति लक्ष्यित वास (सुस्वा)र नगरकाे साझेदारीमा काम सञ्चालन हुने जनाएको छ ।







